२९ बैशाख, ओमान । कोरोना भाइरस संक्रमितहरुको उपचारमा अत्यावस्यक रहेको अक्सिजन जुटाउनका लागि मध्यपूर्वमा रहेका नेपालीहरु जुटिसकेका छन् ।
गैरआवासीय नेपाली संघ (सोसल क्लव) ओमानका अनुसार मध्यपूर्वमा रहेका एनआरएनए एसनीसीहरुको अगुवाई तथा नेपाली दूतावासको ओमानको सहकार्यमा झण्डै ६०० अक्सिजन सिलिण्डर नेपाल पठाउन लागिएको हो ।
क्लवका अध्यक्ष विकल झाका अनुसार २८ हजार ओमानी रियाल (झण्डै ७५ लाख रुपैयाँ) बराबरको अक्सिजन सिलिण्डर नेपाल पठाउने प्रक्रिया अगाडि बढिसकेको छ ।
झाले उक्त सिलिण्डर गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को सहयोगमा नेपाल सरकारलाई हस्तान्तरण गरिने बताएका छन् ।
‘यसअघिका विभिन्न प्रकोपलाई हामीले मानवताको परिचय दिँदै एकआपसको सहयोगमा समस्यालाई परास्त गरिसकेका छौं,’ अध्यक्ष झाले भनेका छन्, ‘कोरोनालाई परास्त गर्न र स्वदेशमा रहेका हाम्रा कोभिड १९ पीडित दाजुभाइ दिदीबहिनीहरुलाई मृत्युको मुखबाट जोगाउन पुनः एक हुँदै सहयोग गर्नुपर्ने अवस्था भएकाले सम्पूर्णमा सहयोगको अपिल गर्दछौं ।’ file photo
वि.सं.२०७८ वैशाख २९ बुधवार १४:५८ मा प्रकाशित