वैशाख २९, पोखरा । गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्रीमा नियुक्त भएका छन् । विपक्षी कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले चार दलको समर्थन देखाउँदै दाबी गरेको भएपनि बहुमत नपुगेको भन्दै प्रदेश प्रमुख सिताकुमारी पौडेलले गुरुङलाई नियुक्ती गरेकी हुन् ।
प्रदेशसभामा दुई वा दुईभन्दा बढि दल मिलेर बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ती गर्ने प्रावधान छ । सोही प्रावधानअनुसार गुरुङ नियुक्ती भएका हुन् ।
गुरुङले आज नै पद तथा गोपनियताको सपथ लिनेछन् ।
यसअघि चार दलले बहुमत भएको दाबीसहित प्रदेश प्रमुखलाई पत्र बुझाए पनि राष्ट्रिय जनमोर्चाका २ सांसदले आफुँहरुको समर्थन नरहेको पत्र बुझाएपछि प्रदेश प्रमुखले विपक्षी गठबन्धनका नेतालाई मुख्यमन्त्रीमा नियुक्ती नगरेकी हुन् ।
६० सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ३१ सांसद आवश्यक पर्दछ । तर विपक्षी गठबन्धनले २९ जनाको मात्रै सहमती देखाउन सफल भएको थियो ।
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा
३ दिन भित्र नयाँ सरकार निर्माण गर्न प्रदेश प्रमुख पौडेलको आह्वान
गण्डकीमा एमालेकै सरकार बन्ने निश्चित, कांग्रेसलाई समर्थन गर्न मानेनन् राजमोका सांसद
गण्डकीकाे राजनीति : जनमोर्चाका सांसदले दिएनन् हस्ताक्षर, बढ्यो एमालेकै सरकार दोहोरिने सम्भावना
दलको निर्देशनअनुसार हस्ताक्षर नगर्ने थापालाई हटायो राजमोले
गण्डकीमा गठबन्धनको पुगेन बहुमत, एमालेलाई नै सरकार बनाउन आव्हान
वि.सं.२०७८ वैशाख २९ बुधवार १८:१२ मा प्रकाशित