मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पछिका लागि खर्चको जोहो गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला । उधारोमा व्यापार हुन सक्छ । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन् । थन्किएका वस्तुको उपयोग हुनेछ । समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ । भौतिक साधन संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थताले काममा जुट्न समस्या पर्नेछ । कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम पनि रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ । प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ । यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ । विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ । भौतिक साधन संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ । समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला । बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।
२०७८ वैशाख ३० गते, बिहीवार, (१३ मे २०२१)
।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज बुधबारको राशिफल, आज यी पाँच राशिकाले पुर्याउनु पर्नेछ विशेष ध्यान !
वि.सं.२०७८ वैशाख ३० बिहीवार ०८:१२ मा प्रकाशित




























