३० बैशाख, काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले सुरक्षित रहनुका साथै सुरक्षाका उपाय खोज्न इजरायलवासी नेपालीमा अपिल गरेको छ ।
विगत केही दिनयता ईजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएको सम्बन्धमा केही दिनदेखि जेरुसेलम र दक्षिण ईजरायली क्षेत्रमा सयौं रकेट आक्रमण भएको तथा मंगलबार राती मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्रहार भएको जनाउँदै यसले इजरायलवासी सबै नेपालीलाई त्रसित तुल्याएको जनाएको छ ।
दूतावासले यसबाट नआत्तिन तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरुको खोजी गर्नेतर्फ लाग्न ईजरायलवासी सबै नेपालीहरुमा अपिल गरेको छ ।
ईजरायलवासी नेपालीहरुमा अपिल!
विगत केही दिनयता ईजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएको सम्बन्धमा सबै जानकार नै…
Posted by Embassy of Nepal, Tel Aviv on Wednesday, May 12, 2021
‘खासगरी साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र कतै) हुनुहुन्छ भने पनि नजिकैको बङ्करमा पुगिहाल्नुहुन र त्यो उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित हुने उपाय अपनाउन, कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा ईजरायलमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न समेत अपिल गर्दछौं ।’ राजदूत डा. अन्जान शाक्यद्धारा जारी सूचनामा भनिएको छ ।
वि.सं.२०७८ वैशाख ३० बिहीवार ०९:१२ मा प्रकाशित






























