back

‘भेरोसेल’ खोपको दोस्रो मात्रा आगामी जेठ २ देखि

वि.सं.२०७८ वैशाख ३० बिहीवार

291 

shares
GLOBAL IME AD
NTC AD

३० बैशाख, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ ।

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेका छन् । गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले जेठ २, चैत २९ र ३० गते लगाएकाले जेठ ३, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ तथा वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।

यस्तै वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८, वैशाख १३ गते लगाएकाले जेठ ९, वैशाख १४ गते लगाएकाले जेठ १० र वैशाख १५ गते लगाएकालाई जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ । ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।
रासस

वि.सं.२०७८ वैशाख ३० बिहीवार १३:३४ मा प्रकाशित

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

भारत रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

पोखरामा कृषकलाई फलफूलका बिरुवा वितरण

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५०...

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले किशोरीलाई पाठेघरको मुखको...

आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह

आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो...