back

एमाले विवादको निकास खोजिँदै, ओली र नेपालबीच भेट

वि.सं.२०७८ वैशाख ३० बिहीवार

297 

shares
GLOBAL IME AD
NTC AD

वैशाख ३०, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । काठमाडौं बुढानिलकण्ठस्थित एक व्यवसायीको घरमा दुई नेताहरु वार्तामा जुटेका हुन् ।

माधव नेपाल पक्षका सांसदले ६ बुँदे माग अघि सार्दै सामूहिक राजीनामाको अल्टिमेटम दिएपछि दुई नेता वार्तामा जुटेका हुन् । यसअघि बिहिबार बिहान दुई नेताबीच फोन संवाद भएको थियो ।

फोन संवादपश्चात बसेको एमाले बैठकले माधव नेपालसहित उनी पक्षीय नेताहरुमाथि लगाइएको कारबाही फुकुवा गरिएको थियो ।

माधव पक्षले तत्कालिन सर्वोच्चको आदेशअनुसार २०७५ जेठ २ को अवस्थामा पार्टी फर्कनुपर्ने र सर्वोच्चको फैसला पछि गरिएका निर्णयहरु खारेज हुनुपर्ने माग अघि सारेको छ ।

बताइएअनुसार ४ बजेसम्म माग पुरा नभए माधव पक्षका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् ।

‘हामीमाथिको कारबाही फुकुवा गर्नेभन्दा पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने प्रतिबद्धता ठूृलो कुरा हो’, नेता भीम रावलले भनेका छन्, ‘स्थायी समिति बैठकको निर्णयअनुसार पार्टी एकताका लागि यही विषयमा अन्तिम प्रयास गरौं भनेको हो ।’

 

वि.सं.२०७८ वैशाख ३० बिहीवार १४:३६ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...