३० वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) प्रवास समन्वय कमिटीले कोरोना महामारी विरुद्धमा एकजुट हुन सबैमा अपिल गरेको छ ।
कमिटीका अध्यक्ष युवराज चौलागाईले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महाहामारीका कारण देश नराम्ररी गाँजिरहेको यो संकटपूर्ण स्थितिमा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गरेका हुन् ।
उनले कोरोना महामारीबाट सिर्जित संकटपूर्ण घडीमा अक्सिजन, एम्बुलेन्स लगायत अन्य प्रतिरोधी औषधी, उपकरण तथा सेवाका निम्ति आ–आफ्नो ठाउँबाट सहयोग प्रदान गर्न विनम्र अनुरोध गरेका छन् ।
प्रवास कमिटीले महामारी विरुद्ध जुट्न इच्छुक प्रवासी संघसंस्थाहरुसँग मिलेर सक्दो सहयोगी कार्य गरिरहने जानकारी समेत उनले विज्ञप्तिमा जनाएका छन् ।
वि.सं.२०७८ वैशाख ३० बिहीवार १६:५३ मा प्रकाशित