back

धवलागिरि अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु

वि.सं.२०७८ वैशाख ३० बिहीवार

285 

shares
GLOBAL IME AD
NTC AD

३० बैशाख, बलेवा । आजै कोरोना सङ्क्रमण पुष्टि भएका एक पुरुषको धवलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको आज बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धवलागिरि अस्पतालमा वैशाख २८ गते भर्ना भएका थिए । बिरामी परेपछि समेत लामो समय अस्पताल आएका थिएनन् । श्वास फेर्न कठिन भएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको बुधबार स्वाब सङ्कलन गरेर परीक्षण गरिएको थियो । आज बिहान रिपोर्ट आउने समयमा उनको उपचारका क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताए। “अक्सिजनको मात्रा निकै कम भएपछि उनी अस्पताल आए”, अस्पतालका प्रमुख डा शैलेन्द्र विक पोखरेलले भने, “पछिल्लो समय अस्पताल आउने बिरामी निकै गलेपछि आउने गरेका छन् ।” समयमा अक्सिजन दिन सकेको भए बिरामी बच्न सक्ने सम्भावना रहने उनी बताउँछन् । बागलुङमा आज मृत्यु भएका पुरुषसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

हट्यो एम्बुलेन्समा शव बोक्नुपर्ने बाध्यता

गलकोट– बागलुङमा कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव बाहनको व्यवस्थापन गरेको छ । यससँगै जिल्लामा पहिलोपटक शव बाहनको व्यवस्थापन भएको छ ।

नगरपालिकाले तीन महिनाका लागि रु चार लाख ५० हजार भुक्तानी दिने गरी अस्थायी शव बाहनको व्यवस्थापन गरेको हो । जिल्लामा शव वाहन नहुँदा कोरोना महामारीमा शव व्यवस्थापनमा निकै चुनौती बन्दै आएको थियो । नगरपालिकाले खरिद गर्न थालेको नयाँ शव बाहन नआउञ्जेल अस्थायीरूपमा शव बाहन व्यवस्थापन गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

नगरपालिकाले आफ्नै खर्चमा सवारी व्यवस्थापन गरी अस्पताललाई सञ्चालनका लागि पिकअप जिप उपलब्ध गराएको छ । “कर छुटका लागि अलि लामो प्रक्रिया रैछ, यता कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि अस्थायी शव बाहन व्यवस्थापन गरेका हौँ”, नगरप्रमुख पौडेलले भने, “तीन महिनालाई हामीले भुक्तानी गरी शव बाहन सञ्चालन गर्न दिएका छौँ, नगरपालिकाले खर्च गरेर व्यवस्थापन गरेको शव बाहनले तत्काल जिल्लामा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नेछ ।” बागलुङमा शव बाहन नहुँदा हालसम्म एम्बुलेन्सबाटै मृतक सङ्क्रमित बोक्दै आइएको थियो ।
रासस

वि.सं.२०७८ वैशाख ३० बिहीवार १६:४४ मा प्रकाशित

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना...

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

म्याग्दी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले...

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

दमौली (तनहुँ) । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर...

आगन्तुकको रोजाइमा स्थानीय उत्पादन भांगोदेखि गुन्द्रुकसम्म

आगन्तुकको रोजाइमा स्थानीय उत्पादन भांगोदेखि गुन्द्रुकसम्म

गलकोट (बागलुङ) । बागलुङलाई गन्तव्य बनाएर अवलोकन भ्रमणमा आउने पर्यटकको...

हलगोरु पाल्ने १८ जना किसानलाई सम्मान

हलगोरु पाल्ने १८ जना किसानलाई सम्मान

अर्घाखाँची । यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई...

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...