३० वैशाख, काठमाण्डौ । नेपाली कांग्रेसले नयाँ सरकारको दाबी नगर्ने भएको छ ।
बिहीवार पार्टीका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा बहुमत नजुट्ने भएपछि बहुमतको सरकारमा दाबी नगर्ने निर्णय गरेको हो ।
छैठकपछि नेता प्रकाशशरण महतले पटकपटकको छलफलपछि पनि बहुमत नजुट्ने अवस्था आएपछि कांग्रेसले सरकारको दाबी नगर्ने निर्णय लिएको जानकारी दिए ।
नेता महतका अनुसार जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहले ओलि समूहलाई नै साथ दिने मानसिकता देखाएको र एमालेको माधव–नेपाल पक्षले राजीनामा नदिएपछि बहुमत नपुग्ने अवस्था देखिएकाले दाबी नगर्ने निर्णय गरिएको हो ।
वि.सं.२०७८ वैशाख ३० बिहीवार १९:३७ मा प्रकाशित






























