back
CTIZAN AD

इजरायली तथा प्यालेस्टिनीबीचको लडाईं अन्त्यका लागि समय लाग्ने : नेतन्याहू

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

693 

shares

३१ व्वैशाख । गाजाका हमास नेतृत्वसँगको लडाई अन्त्यका लागि ‘समय लाग्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन ।

उनले भने, “गाजामा हमासको बिरूद्ध इजरायलको हवाई हमला तत्काल अन्त्य गर्न सम्भब छैन । यसले समय लिनेछ तर दुवै रक्षात्मक आक्रमणलाई जारी राखेको अवस्थामा – इजरायलमा शान्ति पुनः स्थापना गर्ने क्रममा हामी छिट्टै हाम्रो लक्ष्य प्राप्त गर्नेछौं ।”

उनले इजरायल डिफेन्स फोर्ससँग छलफल गरेपछि पत्रकारहरूलाई भने, “स्थलगत कारबाहीको तयारीको विभिन्न चरणमा गाजा पट्टी र इजरायलको बिचमा छुट्टिएको सीमानाको विभिन्न स्थानमा युद्धक सेना अघि बढेको बताए । “सेनाले ती तयारीहरूको निरीक्षण गर्दैछ र निर्देशन दिइरहेको छ,” उनले भने ।

विगत चार दिनदेखि भएका आक्रमणमा बिहीबारसम्ममा १३ बालबालिकासहित ८३ प्यालेष्टिनी र सात इजरायलीको मृत्यु भएको छ भने तीन हजार बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरूलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरेको थियो ।

प्यालेिष्टनी लडाकू समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो । यसैबीच अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ०७:१५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...