३१, बैशाख, काठमाडौं । तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्ति भएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज दिउसो २ बजे पद तथा गोपनियताको सपथ लिने भएका छन् । स्रोतको जानकारी अनुसार प्रधानमन्त्री ओली सहित केहि मन्त्रीले समेत आजै सपथ लिने बताइएको छ ।
प्रधानमन्त्री ओलीले ठुलो दलको हैसियतमा प्रधामन्त्री नियुक्ति भएकाले सो सँगै मन्त्रिमण्डलको हेरफेर समेत गर्ने अनुमान गरिएको छ । जसमा माधवकुमार नेपाल समुहसँग समेत ओलीले मन्त्रिमण्डलको साझेदारी गर्नेछन् ।
संविधानको धारा ७६(२) अनुसार दुई वा दुई भन्दा बढि दलको तर्फबाट कसैले पनि बहुमतको दाबी नगरेपछि ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार राति संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकि हुन् ।
प्रधानमन्त्री ओलीले नियुक्ति भएको मितिले १ महिना भित्रमा पुनः संसदबाट विश्वासको मत लिनुपर्नेछ ।
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ०७:५४ मा प्रकाशित






























