back
CTIZAN AD

बैंकले विभिन्न ५ निश्चित सेवा मात्र प्रवाह गर्ने, बैंकर्स सङ्घले दियो यस्तो निर्देशन

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

648 

shares

३१ वैशाख, काठमाडौँ । न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको बिहिबार बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो ।

सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस, आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।

न्यूनतम रु ५० हजारभन्दा कम जम्मा (डिपोजिट) नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनका अनुसार बैंकबाट पटक/पटक हुने कारोबारलाई निरुत्साहित गर्द नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो ।

सङ्घले सरकारले अत्यावश्येक सेवा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्न आग्रह गरेको छ । बैंकले निश्चीत सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ०८:०० मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...