मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विशेष अवसर प्राप्त हुने समय छ । महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । कमजोर परिस्थिति सुध्रनेछ । सिर्जनात्मक कामले प्रतिष्ठा दिनेछ । सहयोगीहरूले साथ दिनेछन् । काम बन्नाले प्रशस्त आम्दानी पनि हुनेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । आफन्तसँग भेटघाट हुनेछ । मिहिनेतले पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ । रोकिएका काम बन्नुका साथै सम्मानित स्थान प्राप्त हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ । साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम पनि बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ । धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । साँझतिरआम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा विशेष जिम्मेवारी पनि प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी वहन गर्दै आफ्नो क्षेत्रको नेतृत्व लिने बेला छ । मिहिनेतले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुनेछन् । साँझतिर नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । पहिलेको स्थिति सुध्रनाले उत्साहित भइनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ । सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । व्यवसायमा आंशिक लाभ हुनेछ । नयाँ काम थाल्न हतार नगर्नुहोला ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला । समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ । साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् । खर्च लागे पनि भौतिक साधनको आनन्द प्राप्त नहुन सक्छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । परिस्थिति अनुकूल नभए पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । साँझदेखि स्थितिमा सुधार आउनेछ । यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
उपलब्धिका लागि बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ । घरेलु काममा अलमलिनुपर्ने हुन सक्छ । तापनि अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ । साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतको प्रतिफल हासिल गर्न सकिनेछ । तर विवादास्पद निर्णयले आलोचित बनाउनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । स्वतन्त्र रूपले काम गर्ने वातावरण नमिल्न सक्छ । विवादास्पद काम गर्नुपरे पनि नयाँ जिम्मेवारी पाइनेछ । साँझदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ । दिगो काम थालनी हुनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ । बिनाकारण आफन्तजन टाढिन सक्छन् । अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
२०७८ वैशाख ३१ गते, शुक्रवार, (१४ मे २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज विहीवारको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष फाइदा !
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ०८:०८ मा प्रकाशित




























