back
CTIZAN AD

आज इस्लाम समुदायको पवित्र पर्व इदुल फित्तर

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

585 

shares

३१, बैशाख, काठमाडौं । आज मुस्लिम समुदायको पवित्र पर्व इदुल फित्तर संसारैभरिका इस्लाम समुदायले भव्यतापुर्वक मनाउँछन् । पवित्र पर्व इदुल फित्तरको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

के हो इदुल फित्तर ?
अरबी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ । यस महिनाभर इस्लाम समुदायले बस्ने व्रतलाई रोजा भनिन्छ । रमदान अवधिभर रोजा बसी नवाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको समापन गर्ने चलन छ ।

अरबी भाषामा ईदको अर्थ खुसी र फित्तरको अर्थ दान हुनजान्छ । ईद पर्वमा ईदगाह (खाली मैदान) वा ईदगाह नभएका ठाउँमा मस्जिदमा तराबी (नवाज) पढ्ने चलन छ । यसै दिन गरिब दिन दुःखीहरुलाई फित्तर (दान) दिने चलन पनि इस्लाम समुदायमा छ ।

मुस्लिम समुदायमा वार्षिक कमाईको साढे दुई प्रतिशत दान गर्नै पर्ने नियमलाई अरबी भाषामा जकाब भनिन्छ । एक महिनासम्म हरेक दिन सुर्यास्त नहुन्जेल उपवास बसि मनाइने यस पर्वको अन्तिम दिन चन्द्रमाको दर्शनपछि आफन्त, साथिभाई र परिवारजन बसेर मिठा खानेकुरा खाई ईदुल फित्तर मनाउने चलन छ ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ०८:४४ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...