३१ वैशाख, काठमाडौँ । ललिपुर एफसीलाई पराजित गर्दै काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार दशरथ रंगशालामा सम्पन्न भएको क्वालिफायर खेलमा ललितपुर सिटी एफसीलाई ३-० गोलले पराजित गर्दै काठमाडौँले फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार काठमाडौंलाई जित दिलाउन मेसौकेले दुई गोल गरेका थिए भने स्टेफिन बिनोङले एक गोल गरेका थिए । खेलको १५ औँ र २२ औँ मिनेटमा मेसौकेले गोल गरेका थिए भने स्टेफिन बिनोङले खेलको ६० औँ मिनेटमा गोल गरेका थिए ।
अब उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ। यसअघि धनगढीले काठमाडौंलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ०९:०१ मा प्रकाशित


























