back
CTIZAN AD

रुपन्देहीमा थप पाँच कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

759 

shares

३१ बैशाख, रुपन्देही । रुपन्देहीमा थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा तिलोत्तमा नगरपालिकाका २, बुटवलउपमहानगरपालिकाका २ र सैनामैनाका १ जना रहेका छन् ।

तिलोत्तमा ५ का ७५ वर्षीय पुरुषको उपचारका क्रममा विहीबार मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि बैशाख २४ गते अस्पताल भर्ना भएका उनको विहीबार बिहान ७ः४५ मा मृत्यु भएको हो ।

बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोहिदिन अस्पताल भर्ना भएका तिलोत्तमा १३ का ५५ वर्षीय पुरुषको पनि उपचारका क्रममा बैशाख २९ गते बेलुका ८ः१५ मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी बुटवल ६ का ८१ वर्षीय पुरुषको विहीबार बिहान ५ः३० मा मृत्यु भएको छ । बैशाख २८ गते संक्रमण पुष्टि भएका उनी सोहिदिन नै अस्पताल भर्ना भएका थिए ।
बुटवल १० का ६८ वर्षीय पुरुषको पनि उपचारका क्रममा बिहीबार मृत्यु भएको छ । बैशाख २८ गते संक्रमण पुष्टि भएका उनको अस्पतालको इमरजेन्सीमा उपचार गराउने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै बैशाख २१ ग्ते संक्रमण पुष्टि भएपछि २६ गते अस्पताल भर्ना भएका सैनामैना १ का ६४ वर्षीय पुरुषको पनि विहीबार दिउँसो २ः२३ मा आइसीयुमा उपचारका क्रममा मृत्यु भएको छ ।

 

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ०९:२५ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...