back
CTIZAN AD

पनौती नगरपालिका भित्रका सबै सहकारी संस्थाहरुलाई सेवा बन्द गर्न आग्रह

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

639 

shares

३१ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले नगरभित्रका सबै सहकारी संस्थालाई सेवा प्रवाह बन्द गर्न आग्रह गरेको छ । कोभिड–१९ को दोस्रो लहरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमै मानव समुदायलाई प्रताडित बनाइरहेको अवस्थामा नगरपालिकाभित्र पनि त्यसको प्रभाव परिरहेको अवस्थामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि बिहीबार सबै सहकारी संस्थालाई सेवा प्रवाह बन्द गर्न आग्रह गरेको हो ।

नगरपालिकाले थप क्षति हुन नदिन सहकारी विभागले बुधबार जारी गरेको सूचनाअनुसार सबै सहकारी संस्थालाई सेवा प्रवाह बन्द गर्न आग्रह गरेको छ । बुधबार सहकारी विभागले कोभिड–१९ को दोस्रो लहरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमै मानव समुदायलाई प्रताडित बनाइरहेको अवस्थामा थप जोखिम तथा क्षति हुन नदिन सरकारको निर्णयअनुसार मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञालगायत आदेश जारी गरिएको र सिङ्गो राज्य संयन्त्र तथा जनशक्ति यस महामारीको नियन्त्रण तथा रोकथाममा केन्द्रित गर्दै गरेको वर्तमान अवस्थामा नेपालभर क्रियाशील रहेका सहकारीले स्थानीय प्रशासनको पूर्ण समन्वयमा अत्यन्त कम जनशक्तिबाट अत्यावश्यक सेवा मात्रै सञ्चालन गरी बाँकी सबै प्रकारका क्रियाकपाल तथा सेवा अवस्था सहज नभएसम्मका लागि स्थगन गर्न आग्रह गरेको छ ।

त्यसैगरी विभागले सहकारी सङ्घसंस्था र सहकारीकर्मीलाई सरकारले असहज परिस्थितिमा स्वास्थ्य पूर्वाधारको व्यवस्थापनमा राज्य संयन्त्रसँग समन्वय गरी भूमिका निर्वाह गर्नसमेत अपिल गरिएको छ ।

यसअघि काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै निषेधित क्षेत्रमा सञ्चालित सहकारी संस्थाले अत्यावश्यक कार्यका लागि बढीमा हप्ताको दुई दिन कार्यालय सञ्चालन गरी सेवा प्रदान गर्नुपर्ने सूचनामा उल्लेख गरिएको थियो । यसैबीच नगरपालिकाले सूचना जारी गरेर नगरभित्रका नागरिकलाई कोभिड–१९ सँग सम्बन्धित लक्षण तथा चिह्न भएको व्यक्तिको स्वाब परीक्षण गर्नका लागि स्वाब सङ्कलन गर्ने कार्य आजबाट शुरु गर्ने जनाएको छ । नगरपालिकाले आजदेखि वडा नं १, ८ र ९ मा स्वाब सङ्कलन गर्ने, वडा नं ५ मा दुई ठाउँमा र वडा नं ६ मा गरी जेठ २ गते र वडा नंं १० मा दुई ठाउँमा र ११ वडामा ३ गते स्वाब सङ्कलन गर्ने तयारी गरेको छ । त्यसबाहेक वडा नं ४ र ७ सहित अन्य वडाका व्यक्तिको वडा नं ७ को इन्द्रेश्वर प्राविमा सार्वजनिक बिदाको दिनबाहेक हरेक दिन स्वाब सङ्कलन गरिने नगरपालिकाले जनाएको छ ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ०९:३४ मा प्रकाशित

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः...

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...