३१ बैशाख, काठमाडौं । हाल देशैभरी पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ र अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ भने बांकी भु–भागहरूमा आंशिक बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश नं १ का साथै अन्य पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन\चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ०९:३५ मा प्रकाशित