३१ बैशाख, रुपन्देही । रुपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका २ र सैनामैना नगरपालिकाका १ गरी तीन पुरुष रहेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ६ का ५७ वर्षीय पुरुषको आज बिहान ९ बजे मृत्यु भएको छ । बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोहिदिन अस्पताल भर्ना भएका उनको शुक्रबार बिहान मृत्यु भएको हो ।
त्यसैगरी बुटवल ७ का ५५ वर्षीय पुरुषको बिहीबार राति १०ः४० मा मृत्यु भएको छ । उनमा पनि २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सैनामैना ९ का ८५ वर्षीय पुरुषको पनि उपचारका क्रममा विहीबार मृत्यु भएको छ । बैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोहिदिन नै अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उक्त अस्पतालमा विहीबार मात्रै ६ संक्रमितको मृत्यु भएको हो ।
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १३:२७ मा प्रकाशित