back
CTIZAN AD

प्रम ओलीद्वारा तेस्रो कार्यकालको शपथ

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

453 

shares

३१ बैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संविधानको धारा ७६ को ३ बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी भएका थिए ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिए पनि समयावधिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दल असफल भएका थिए । प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो ।
रासस

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १५:३० मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...

निर्वाचन मतगणनाः ९६ स्थानमा रास्वपा अगाडि

निर्वाचन मतगणनाः ९६ स्थानमा रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९६ स्थानमा...