back

बुढानिलकण्ठ बैठकको निष्कर्ष : ओलीको बाटो संसद विघटन तर्फ नै हो

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

333 

shares
GLOBAL IME AD
NTC AD

वैशाख ३१, काठमाडौं । वैकल्पिक सरकार निर्माणमा जुटेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले पछिल्लो राजनीतिक अवस्थाबारे समिक्षा गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा तीन दलका नेताहरु जम्मा भएर समिक्षा गरेका हुन् ।

दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नसक्ने आगामी कदमबारे छलफल गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओली पुनः संसद विघटनको बाटोमा जानसक्ने सम्भावना रहेको धारणा तीनै दलका नेताले राखेका थिए ।

ओलीले जेठ पहिलो साता नै संसद बोलाउने र १५ गते अगावै विश्वासको मत माग्दै बहुमत नपाए संसद विघटन गरि अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको कुरा बैठकमा छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार ओली महन्थ ठाकुर समूहलाई अन्तिमसम्मै तटस्थ राख्दै माधव समूहलाई अलमल पारेर संसद विघटनको दिशातिर जाने रणनीतिमा लागेको दलहरुको समिक्षा छ ।

बैठकमा ओलीको रणनीतिमा महन्थ ठाकुर र माधव नेपाल पनि सहयोगी देखिएको दलहरुले निष्कर्ष निकालेका छन् । बताईअनुसार आजको छलफलमा दलहरुबीच आगामी रणनीतिबारे भने कुनै सहमती बन्न सकेको छैन् ।

बुढानिलकण्ठ बैठकमा विपक्षी गठबन्धनका तीनै नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादव सहयोगी नेताहरुका साथमा उपस्थित थिए । सभापति देउवासहित कांग्रेसका नेताहरु महामन्त्री डा. शशांक कोइराला, पुर्णँबहादुर  खड्का र नारायण खड्कासहित उपस्थित थिए भने माओवादीबाट प्रचण्डसहित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल र पूर्वसभामुख ओनसरी घर्तीमगरसहित उपस्थित थिए ।

सम्बन्धित समाचार

देउवा निवासमा विपक्षी नेताहरुको बैठक, को–को छन् सहभागी ?

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार १७:१६ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...