यो राजनीति गरेर समस्या निदान हुँदैन,
देशमा झनै बढ्छ होला समाधान हुँदैन ।
पैसाको लागी ईमान नीति नियम ढल्दा,
भन्छ त्यसोगर्नु मिल्नु पर्छ वेमान हुँदैन ।
यो पुँजीवादी ब्यवस्थामा धनीकै रजाई,
ब्यापार गर्दा गुप्त हुन्छ आव्हान हुँदैन ।
हेर्दा ईमान्दार देखिन्छ भित्र भित्रै केथा,
उन्को निधारमा बिक्रिको दोकान हुँदैन ।
भन्छन एउटा माछोले तलाउ मैलोहुँदा,
पानीको भित्र उ हिँडेको निशान हुँदैन ।
जेजस्तो भए पनि निर्देशन त मान्नैपर्छ,
त्यो भित्र हाँसो ठट्टा कुनै उखान हुँदैन ।
ब्यबहार बुझेरमात्रै आरोप लगाउनुपर्छ,
मानिश राम्रा पनि हुँन्छन सैतान हुँदैन ।
हो सबै यो सेतेजस्तो त्यागि हुँदैन यँहा,
पुँजीनै मन नपराउँने त्यो बेजान हुँदैन ।
वि.सं.२०७८ जेठ १ शनिवार ०६:४० मा प्रकाशित






























