back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ जेठ १ शनिवार

717 

shares

१.
दुखाईरहने छ आदत कसले बुझिदिन्छ
लागेको छैन कतै खत कसले बुझिदिन्छ
चोखो मायाँको परिणाम के के भोग्दैछु म
पर्गेल्ने छैन अदालत कसले बुझिदिन्छ ।
२.
बाटै भरी आँखा हुन्छन् कसरी म धाउनु भन
तिमी उता छौ म यता छु कसरी रमाउनु भन
घरि छेक्छ गरिवीले घरी तगारो जातको छ
चोखो मायाँ छ संकटमा कसरी निदाउनु भन ।
३.
शव्दहरु सकेसम्म रहोस् कम अनि पो मुक्तक
पढ्ने,सुन्नेलाई लागोस् मनोरम अनि पो मुक्तक
गुथिउन भावहरु बान्की परेको फूलको माला झैँ
चारै पङ्क्तिमा वाह होस् दम अनि पो मुक्तक ।
४.
मन हाँस्दा अनि रुँदा धेरै फरक पर्छ
र भावनाले मुटु छुँदा धेरै फरक पर्छ
भन्नेले भनिदिन्छन् केहि होईन मायाँ
तर मलाई तिमी नहुँदा धेरै फरक पर्छ ।

५.
जहिलेसुकै बाङ्गाटिगा कुरा चलाउनेले
जालझेल पनि पुराका पुरा चलाउनेले
परिवार ,समाज अनि देशै पो खानेभए
लुकीछिपी पछाडिबाट छुरा चलाउनेले

 

वि.सं.२०७८ जेठ १ शनिवार ०६:४१ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...