१.
संसार की रानी हौ आमा तिमी
परि आए मृत्यु संग पनि सामना गर्न सक्ने
यि आखाकी नानी हौ आमा तिमी ।
२.
हरेक बाधा बिघ्नमा भिंड्न सक्ने
साँच्चिकै बलवान बहादुर छ्यौ आमा तिमी
काढाँहरु पन्छाउदै हिंड्न सक्ने ।
३.
संझना मनमा हरबार तिम्रो
आईरहन्छ झलझली आखा वरीपरी
महिमा अनगिन्ति अपार तिम्रो ।
४.
अर्को साल पक्कै आउने छु आमा
पिर चिन्ता कत्ति नलिई खुशी भै बस्नु है तिमी
आशिष दिंदै टिका लाउने छु आमा ।
५.
अफसोच ! यसपाली त यस्तै नै भयो
आमा संग सुख दुःख साट्न पाईएन माईतीमा
त्यसैले छागाँ बाट खसे जस्तै नै भयो ।
माता तिर्थ औंसी विशेष
वि.सं.२०७८ जेठ १ शनिवार ०६:४३ मा प्रकाशित






























