यहाँ साँच्चै किन बढेको छ दूरी ?
कसरी भयो दूरी आज जरूरी !
भयौ खुब यार झारी गोही आँशु;
बोकी मुख राम र हातमा छुरी ।
विश्वासको साइनो खायौ पोलेर ;
जमाएर सुनको लगाएछौ धुरी ।
यता गाँस काटीकन काँध थापें;
कमाउन मानो दियौ दु;ख मुरी ।
कति लाजमर्दो सधैं तिम्रो नाटक ;
छि! हेर्दिन म त भयो कुरी कुरी ।
थिए दृष्टिविहीन धृतराष्ट्र पहिल्यै;
भए बहिरा आज के गर्नु उजुरी ?
वि.सं.२०७८ जेठ १ शनिवार ०६:४६ मा प्रकाशित






























