back
CTIZAN AD

कविता: धर्म

वि.सं.२०७८ जेठ १ शनिवार

2K 

shares

हुन त
भौतिकवादीहरू
धर्मलाई अन्धविश्वास भन्छन्

विज्ञानमाथि विश्वास गर्छन
उनिहरू बिर्सिरहेका छन्
विज्ञान धर्मकै पाटो हो
जसले
नकारात्मक विचार पराजित गरिदिएर
जीवन पद्दती सिकाउँछ
विकासको बाटो हिडाउँछ

ढुङ्गाको पुजा गरेर
दुव्र्यवहार नसिकाउने आस्था हो धर्म
अमुर्त इश्वरलाई
सहनशीलता
मौनता
समानताको कसिमा राखेर
अप्रेम नसिकाउने विश्वास हो धर्म

धर्मले हिंसा सिकाउदैन
वर्गिय सँघर्ष सिकाउदैन
प्रतिस्पर्धा सिकाउदैन
दया प्रेम र करूणाले बाँच्न सिकाउँछ
तथापि
पूर्ण अन्धविश्वासको मझेरी भइ दियो धर्म
जसको रकेट चढेर स्वर्ग जान्छ मान्छे
पीडा खपेर
नर्कसम्म घिसारिन्छ मान्छे

अन्धविश्वासको आस्थामा
भगवानकै नाममा रगत चढाउँछ मान्छे
कत्लेआम गर्छ
हलाल गर्छ
अन्ततः देवत्वको सत्य बाटो त्यागेर
बन्छ आफै यमराज

हो यिनै बिषमताबाट
बाहिर ल्याउने उच्चविचार हो धर्म
मानिसलाई सत्मार्गमा हिडाउने प्रेरणा हो धर्म
जसले
समानता र सहअस्तित्व सिकाउँछ ।

वि.सं.२०७८ जेठ १ शनिवार ०६:४८ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...