एउटा च्यातिएको
लगाएर चप्पल
गहुँगोरो बर्णको
पातलो जुँगा
होचा कदका
सूर्ती खाँदा
झिल्काले डढेको
मैला लागेको
दउराको फेर
पुछेर पसिना
धागै धागो देखिने
पुरानो टोपीले
गर्ने काम रुमालको
डाँडाघरे माइला
उमेर पुग्यो साठ्ठी
बनायो दुनियाँंको घर
आफ्नै घर चुहिन्छ
आफ्नै रहर चुहिन्छ
जिन्दगीको सपना
सकिन्छ त्यसै त्यसै
दुखियालाई छोड्दैन
पसिनाको धाराले
डाँडाघरे माइला
सन्तानको नाउँमा छोरी
भए सबै बिरामी
उमेरमै सकियो श्रीमती
दाजुभाइ मनिपुरमा
एक्ले भयो माइला
रुन्छ, हाँंस्छ रक्सीको नशामा
बिचरा डाँंडाघरे माइला !!
वि.सं.२०७८ जेठ १ शनिवार ०६:५१ मा प्रकाशित






























