back
CTIZAN AD

कविता: डाँडाघरे माइला

वि.सं.२०७८ जेठ १ शनिवार

771 

shares

एउटा च्यातिएको
लगाएर चप्पल
गहुँगोरो बर्णको
पातलो जुँगा
होचा कदका
सूर्ती खाँदा
झिल्काले डढेको
मैला लागेको
दउराको फेर
पुछेर पसिना
धागै धागो देखिने
पुरानो टोपीले
गर्ने काम रुमालको
डाँडाघरे माइला
उमेर पुग्यो साठ्ठी
बनायो दुनियाँंको घर
आफ्नै घर चुहिन्छ
आफ्नै रहर चुहिन्छ
जिन्दगीको सपना
सकिन्छ त्यसै त्यसै
दुखियालाई छोड्दैन
पसिनाको धाराले
डाँडाघरे माइला
सन्तानको नाउँमा छोरी
भए सबै बिरामी
उमेरमै सकियो श्रीमती
दाजुभाइ मनिपुरमा
एक्ले भयो माइला
रुन्छ, हाँंस्छ रक्सीको नशामा
बिचरा डाँंडाघरे माइला !!

वि.सं.२०७८ जेठ १ शनिवार ०६:५१ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...