अरु कसैको खुसी लुटेर खानी गरेको छैन
हराभरा तिम्रो संसार फँडानी गरेको छैन ।।
फरक धारमा बुझ्नेगर्छु साथ निभाउनु के हो
बिच सफरमा छोडेर एक्लै जानी गरेको छैन ।।
नजिकैबाट देखेको छु चुर्लुम्म डुब्नेहरुलाई
मायामा डुब्ने गरेर मैले लगानी गरेको छैन ।।
जे भयो,जे गरियो,दुबैको राजिखुसिमा गरियो
कहिल्यै पनि आफ्नो मात्रै मनमानी गरेको छैन ।।
बोझिला हुन्छन् यादहरु लाग्छ र’त बोझिलो
प्रियाको चिनो बोकेर कतै लानी गरेको छैन ।।
वि.सं.२०७८ जेठ १ शनिवार ०६:५८ मा प्रकाशित






























