back
CTIZAN AD

कविता: कल्पना मृत्यु पछिको

वि.सं.२०७८ जेठ १ शनिवार

1.6K 

shares

रुँदैं जन्मेको थिएँ सायद
रुवाएर जान्छौ रे भन्छन् सबै ।
जब मैले जन्म लिएँ
त्यस दिनदेखिनै
मैले मृत्यु देख्दै आएको छु ।
मरेर सायद फेरि
जिन्दगी जिउँन पाइएला
परलोकको कुनै सुन्दर गाउँमा ।
कल्पनाको उडान भर्दै
हो म त्यही परलोकको
सुन्दर गाउँमा पुग्दैछु ।
मर्नु अघिको जिन्दगी भन्दा
मरे पछिको जिन्दगी
अति पवित्र रहेछ ।
मरेपछिको अनुभुत हुँदैछ
निःस्वार्थ र निर्विरोध
नरकवासीमा जस्तो
इर्ष्या र द्वेष नहुँदोरहेछ ।
खुशी खुशी नाच्दोरहेछ
रमाउँदो रहेछ ।
त्यसैले त मृत्यु पछिको जिन्दगी
जिउन सिक्दैछु ।
चिना–अचिनाहरु खुशी खुशी
मस्त छन् सबै
अघिका दुश्मन मित्र भएछन्
कुनै रिसराग रहेनछ
तँ गरीब र म धनीको
कुनै भेदभाव रहेनछ ।
अहो ! मृत्यु पछिको जिन्दगी
जिउन पो रमाइलो रहेछ ।
बुडा पाका, युवायुवती
आफ्नो धुनमा नाचिरहेछन् ।
म यी यस्तै दृश्यावलोकन गर्दै
मृत्यु पछिको जिन्दगी
जिउन सिक्दैछु ।
एकनासको मधुर संगीतमय ध्वनी
संगीत मन पराउने मेरा कानहरू
कति चनाखो भएका छन् ।
स्वर्गनै होला
नर्क त मैले बाँचेको ठाउँ हो
जहाँ रात दिन हल्लाखल्ला
नाराबाजी र जुलुस
ठेलमठेला, लडाईं झगडा
काटमार अनि होडबाजी
भोको नाङ्गो अभाव अनि गरिबी ।
हो यो ठाउँ स्वर्गनै हुनपर्छ
सुन्दर युवतीहरू परी झैं
मस्त नाचिरहेका
स्वस्थ सुग्घर परिवेश
म पनि खुशी खुशी रम्दैछु
मृत्यु पछिको जिन्दगी
जिउने कोशिश गर्दैछु ।

 

वि.सं.२०७८ जेठ १ शनिवार ०६:५९ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...