back
CTIZAN AD

गजल

वि.सं.२०७८ जेठ १ शनिवार

723 

shares

भरोशा तिम्रो के गर्नु फेरि राष्ट्रको दोहन,
देखायौ आश ढिकुटी हेरी राष्ट्रको दोहन ।

हेरेर आओ त्यो इतिहास समय पल्टाई,
मेरा र तेरा आफन्त बैरी राष्ट्रको दोहन ।

पालोमा कुर्दै जननी वक्ष चिथोरी रहेका,
राष्ट्रमा घाती यिनै अटेरी राष्ट्रको दोहन ।

के आश अब भरोशा छैन जनले बुझेका,
आएर फेरि बेच्दैछौ भेरी राष्ट्रको दोहन ।

जुट्दै र फुट्दै रमित धेरै देखायौ जनमा,
पूर्णिमा रात बनी अँधेरी राष्ट्रको दोहन ।

नेपाल खोक्रो बनाई छाडे भ्रष्ट नै भ्रष्टले,
हरेक ठाउँ रोप्दै अँगेरी राष्ट्रको दोहन ।

शब्द र अर्थ: अँगेरी-विषालु वनस्पती

वि.सं.२०७८ जेठ १ शनिवार ०७:०२ मा प्रकाशित

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...