मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हिम्मतले काम बन्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । छोटो समयमा उपलब्धि हातलागी हुनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मान–सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ । विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त होला । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ । आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला । समयको प्रतिकूलताले काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन् ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा लाभ हुनेछ । मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ । लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ । काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ । तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको अवसर प्राप्त भए पनि परिस्थितिले अलमल्याउन सक्छ । वादविवादमा अघि नसर्नुहोला । आफन्तसँग सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । तर भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, नयाँ योजना थालनी हुने समय छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ । घर–व्यवहारले पनि अलमल्याउन सक्छ । नयाँ काम थाल्न समय पर्खनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । तापनि मिहिनेतले सफलता दिलाउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ । सन्तान वा अनुयायीको सल्लाह, सहयोगले लाभ दिलाउनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । काम बिग्रने डरले सताउनेछ । अरूको फाइदाका लागि उपयोग भइएला । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्ला । साझेदारीको सामान्य समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ ।
२०७८ जेठ १ गते, शनिवार, (१५ मे २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज शुक्रबारको राशिफल भन्छ-आज यी सात राशिकालाई हुनेछ विशेष फाइदा !
वि.सं.२०७८ जेठ १ शनिवार ०७:५८ मा प्रकाशित



























