महान दश वर्ष भएको जनयुद्ध र जनयुद्धको जगमा भएको ज्ञढ दिने जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिहरु :
१) गणतन्त्र
२) संघीयता
३) धर्मनिरपेक्षता
४) समावेशी समानुपातिक
जस्ता उपलब्धिहरु हासिल गर्न सफल भयौ ।
गणतन्त्र : गणतन्त्र भनेको जनताको तन्त्र अथवा जनताको राज्य, जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदिय हुनसक्छ । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। ूलोकतन्त्रू अथवा ूप्रजातन्त्रू गणतन्त्रभन्दा फरक हुन । लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तव मै सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ । आज विश्वका धेरैजसो देशहरू गणराज्य छन्, र साथसाथै लोकतान्त्रिक पनि । ३नेपाल)सङ्घीय)लोकतान्त्रिक ३गणतन्त्रात्मक)राज्य)हो ।
संघीयता : सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका बेग्ला ( बेग्लै तहमा बाँड्ने पद्धति नै सङ्घीयता हो। यसरी सङ्घीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ। राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रक्रिया नै सङ्घीयता हो। सङ्घीयता भनेको स्वयं शासन र विभाजित शासनको संयोजन भनेर पनि भनिन्छ। सङ्घीयतालाई बहुजातीय, बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनीतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ। अर्कोतर्फ सीमान्तीकृत समूहलाई सशक्तिकरण गर्ने उपायका रूपमा समेत यसलाई लिइन्छ। नेपाल संघीय रास्ट हो ।
धर्मनिरपेक्षता : सबै धर्मप्रति समान आदर गर्ने, कुनै धर्माबलम्वी प्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीतिलाई धर्म निरपेक्षता भनिन्छ । धर्म निरपेक्षता भनेको धर्मको विरोध होइन तर धर्मदेखि स्वतन्त्र हुनु हो । ‘धर्म निरपेक्षता’लाई ‘कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामिलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने राज्य, समाज’ भनिन्छ । नेपाल धर्मनिरपेक्ष रास्ट हो ।
समावेशी समानुपातिक : राज्य प्रणालीका सबै अङ्गमा विभिन्न जातजाति, वर्ग, समुदायलाई संख्याका आधारमा सहभागी गराउने कार्यलाई समानुपातिक प्रतिनिधित्व भनिन्छ । यसले राज्य सञ्चालनको कार्यमा आफ्नो हैसियत अनुसार सबैलाई सहभागी गराउन मद्दत गर्दछ । यो समावेशीकरणको एक तरिका पनि हो । यो बढी मात्रामा राजनीतिमा प्रचलित भए पनि प्रशानिक, आर्थिक, सामाजिक लगायतका अरु क्षेत्रमा पनि लागू गर्न सकिने विषय हो । यसले समावेशी लोकतन्त्रको मान्यता राख्दछ । निर्वाचनमा बहुमत ल्याउनेको मात्र नभई थोरै मत ल्याउनेको पनि उचित प्रतिनिधित्व हुनेहुँदा यसमा बहुमतको तानाशाही नहुने सम्भावना रहन्छ । यसले सुशासनको अवधारणालाई थप बलियो बनाउनसमेत सहयोग गर्दछ । जो नेपाल देश अहिले समावेशी समानुपातिक प्रणालीमा छ ।
खासरुपमा भन्नुपर्दा यी उपलब्धिहरु महान दश वर्षीय जनयुद्ध र जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलन उपज हो ।जसले एकात्मक राज्य व्यवस्था निरुङकुस राजतन्त्रको अन्त्य गरेर एकाधिकारवादको अन्त्य गरेर जनतालाई अधिकार सम्पन्न बनाउने उपलब्धिहरु हासिल गरे । श्रमजीवी नेपाली जनताले साथ संघर्ष र हजारौं सहिदहरु र बेपत्ता अपांग भएका योद्दाहरु र माओवादी कमरेडहरुको अथक संघर्षको फलस्वरूप यी उपलब्धि हासिल भएका हुन् ।
जसको कारणले गर्दा देश नया युग तिर लम्कियो ।देशमा आमूल परिवर्तन आयो । व्यवस्था पुर्ण रुपले परिवर्तन भयो तर यी उपलब्धि हरु आखिरमा यी उपलब्धि हरु जातिय सरचनामा अधारित संसदीय व्यवस्थामा टिकेर लागू गर्नुपर्ने बाध्यात्मक अवस्थामा स्वीकार गरेर कार्यनितीको रुपमा संसदीय व्यवस्थालाई प्रयोग गर्न खोज्दा माओवादीहरु टुक्राटुक्रा भएर अलग भए । जसले गर्दा व्यवस्था नया आउदा पनि सत्तामा त्येही जान लागे जस्ले आफ्नो स्वार्थ पूरा गर्नलाई देशका स्रोतसाधन बेच्ने दलाल हरुनै सत्ताका मालिक हुन पुगे । त्यही कर्मचारीहरु राजाका रैती हरु नै कायम रहन पुगे जसले गर्दा व्यवस्था नया भए पनि त्यिनिहरुले आफू अनकुलतामा लागु गर्न थाले । र नेपाली जनताको बिचमा यो व्यवस्था बदनाम गर्न खोजेका छन । साथै माओवादी नेताहरु बिलासी जीवन बिताउनुमा केन्द्रित हुन पुगे जसको नतिजा नेपाली जनताले भोगिरहेका छन् ।
अहिले यो दलाल संसदीय व्यवस्था भनेको खसिको टाउको देखाउने र गोरुको मासु बेच्ने व्यवस्था हो । त्येसैले यो व्यवस्थामा टिकेर आफुलाइ राजनैतिक खेलाडी यदि कसैले आफुलाइ बुझ्छ भने त्यो नेपाली जनताको प्रमुख दुश्मन हो चाहे जेसुकै होस । त्यसैले यो व्यवस्थाको नायक केपि ओलि, माधव नेपाल, शेरबहादुर देउवा, कमल थापाहरु हुन भने जनताका समस्या उजागर गर्ने जनताका अधिकारको लागि संघर्ष गर्ने क्रान्तिकारि नेताहरु प्रचण्ड, बावुराम भट्टराई, किरण वैद्य, बिप्लव, आहुतीहरु हुन । त्यसैले अब क्रान्तिकारीहरुले छिटो भन्दा छिटो एकता गरेर यो दलाल संसदीय व्यवस्थाको अन्त्य गरि प्रत्यक्ष जनतावाट निर्वाचित रास्ट्रपति प्रधानमन्त्री हुने व्यवस्थाका लागि र विशेषाधिकारका लागि र वैज्ञानिक समाजवाद ल्याउन नेपाली जनताको सुखी नेपाली समृद्ध नेपालको लागि एक भएर जनमुखी पार्टी निर्माणमा जोड दिनुपर्छ ।
(लेखक सिह अखिल (क्रान्तिकारी) भारत नेपाली विद्यार्थी मंच केन्द्रिय समितीका प्रमुख हुन् । )
वि.सं.२०७८ जेठ १ शनिवार ०९:२८ मा प्रकाशित






























