back
CTIZAN AD

कुन देशको राजदूतमा कसको नाम सिफारिस ? (हेर्नुस् नामावली)

वि.सं.२०७८ जेठ १ शनिवार

633 

shares

१ जेठ, काठमाडौं । सरकारले ११ देशका लागि राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयले रिक्त ११ देशका लागि विभिन्न व्यक्तिहरुको नाम प्रस्तावित गरेको हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले रिक्त ११ देशका लागि राजदूत नियुक्तिको नामहरु प्रस्तावित गर्दै उक्त नामहरु संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद् सचिवालयमा पठाइएको जनाएका छन् ।

प्रस्तावित देशमा साउदी अरेयिबाया, अष्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, रूस, बहराइन, श्रीलंका, अष्ट्रिया, ब्राजिल, इजिप्ट र बर्मा रहेका छन् ।
राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ मा ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्नुपर्ने प्रावधान भएपनि दुई जनामात्र परेका छन् । सहसचिव निर्मलराज काफ्लेलाई अष्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्टका लागि सिफारिस गरिएको छ ।

राजदूत नियुक्त हुन प्रस्तावित राजदूतको नाम संसदीय सुनवाई भएर सम्बन्धीत देशबाट एग्रीमो आउनु पर्दछ ।

यी हुन् राजदूतमा प्रस्तावित भएका नामहरु:

१) मेराज मुसलमान (साउदी अरेबिया)
२) सुम्निमा तुलाधर (अष्ट्रेलिया)
३) सुमित्रा सुवेदी (डेनमार्क)
४) कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया)
५) जंगवहादुर चौहान (रूस)
६) युवराज कार्की (बहराइन)
७) रमेशचन्द्र पौडेल (श्रीलंका)
८) निर्मलराज काफ्ले (अष्ट्रिया)
९) कुलप्रसाद नेपाल(ब्राजिल)
१०) जीवनप्रकाश श्रेष्ठ (इजिप्ट)
११) नारायणप्रसाद संग्रौला (बर्मा)

वि.सं.२०७८ जेठ १ शनिवार ११:३३ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...