१ जेठ, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेल कोरोनाका विरामीको उपचारमा सहयोग गर्ने उद्धेश्यले आर्थिक सहयोग गरेको छ ।
संघले ‘कोरोना सहयोग संकलन’ नामक अभियान सुरु गर्दै विभिन्न नेपाली संघसंस्था तथा अन्य सहयोगी व्यक्तित्वबाट २७९०३ क्रोनर तथा संघको आपतकालिन राहतकोषबाट ३५००० क्रोनर (झण्डै ५ लाख रुपैयाँ) आर्थिक सहयोग गरेको हो ।
नेपालमा फैलिएको कोरोना महामारी र त्यसबाट संक्रमित भएकाहरुले दैनिकजसो अक्सिजन, आइसीयु बेड, भेन्टिलेटर तथा अत्यावस्यक स्वास्थ्य सामग्रीको अभावले सिंगो देश समस्यामा परेका बेला संघले मातृभूमिको पीडामा साथ दिन सहयोग संकलन गरेर संघको केन्द्रीय कार्यालयमा पठाइएको अध्यक्ष नयन मल्लले संसारन्युजलाई जानकारी दिएका छन् ।
संघको स्वास्थ्य समिति र नेपाल मेडिकल एसोसिएसनमार्फत् देश र विदेशमा रहेका मेडिकल डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुबीच कोभिडसँग जुध्न सहकार्य गरि कोरोना संक्रमितहरुका लागि सहयोग गराउने अन्तराष्ट्रिय समन्वय परिषद्को निर्णय अनुसार अनुसार नर्वेले पनि सहयोग गरेको हो ।
वि.सं.२०७८ जेठ १ शनिवार १५:३२ मा प्रकाशित






























