२ जेठ, काठमाडौँ । चेल्सीलाई पराजित गर्दै लेस्टर सिटिले पहिलो पटक एफए कपको उपाधि जितेको छ ।
शनिबार राति सम्पन्न भएको फाइनल खेलमा लेस्टर सिटिले चेल्सीलाई १-० गोलले पराजित गरेको हो । लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले खेलको दोस्रो हाफको ६३ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
लेस्टरले पहिलो पटक एफए कपको उपाधि जस्ता चेल्सीले भने नवौं पटक उपाधि जित्न असफल भएको छ।
वि.सं.२०७८ जेठ २ आइतवार ०८:२५ मा प्रकाशित


























