२ जेठ, काठमाडौँ । कोभिड १९ विरुद्धको चिनीया खोप भेरोसेलको दोस्रो मात्रा आज देखि लगाइँदै छ । जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने भेरोसेलको दोस्रो मात्रा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले खोप केन्द्र र खोप समन्वयकर्ता तोकेको छ ।
२०७७ चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो । यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकहरु छन् ।
दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दास्रो खोप दिइनेछ ।
यसैगरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।
बैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ ।
बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।
खोप लगाउन जाँदा कार्ड लिएर आफूलाई सहज हुने खोप केन्द्र जानु पर्नेछ । खोप लिने समय विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।
यी हुन् काठमाडौँ महानगरपालिकाले तोकेका खोप केन्द्र र समन्वयकर्ता फोन नं. सहित
वडा नं. खोप केन्द्र सञ्चालन हुने स्थान समन्वयकर्ता सम्पर्क नं.
१ नन्दीरात्री स्कुल, नक्साल निर्मला गोसाईँ ९८६३ ५३५४९४
२ २ नं.वडा कार्यालय, लाजिम्पाट दूर्गा अधिकारी ९८४१ ५१९१०३
३ ३ नं. वडा कार्यालय, महाराजगञ्ज सृजना पाठक ९८४३ ०७२०१९
४ पुरानो वडा कार्यालय, चण्डोल, गीताञ्जली मार्ग निरञ्जनी श्रेष्ठ ९८४९ १३८०२५
५ ५ नं. वडा कार्यालय परिसर, हाँडीगाउँ एरिना मास्के ९८४१ ६९६०८२
६ महेन्द्र बौद्ध उच्च मा. वि., बौद्ध सीता जिरेल ९८४१ ७३३४६६
७ यूरो किंगडम रातोपुल पुरानो हिमालय विद्या मन्दिर शुभासिनी कर्माचार्य ९८४१ १४६१०७
८ ८ नं. वडा कार्यालय, जयबागेश्वरी रञ्जना साह ९७५१० ०८२९९
९ गुह्येश्वरीमा. वि., सिनामंगल सावित्री खड्का ९८५१० ४०७७८
१० म्याक डोनाल्ड पार्टी प्यालेस, मध्य बानेश्वर उज्वल पन्थी ९८४० ७८५१८६
११ विश्व निकेतन स्कुल, त्रिपुरेश्वर मेगवहादुर भुजेल ९८५१२ १२१२३
१२ सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, टेकु पार्वती के।सी ९८४३ २१७६०७
१३ जनप्रभात मा. वि., कालीमाटी शुसिला वस्ती ९८५१० ८८११०
१४ १४ नं. वडा कार्यालय, भुवनेश्वरी मन्दिर चौर ध्रुब श्रेष्ठ ९८४१ २९४२१५
१५ भुईखेल चौर, स्वयम्भु उमा बस्नेत ९८४३ ०१२२०५
१६ जुडो हल नयाँबजार पद्मकुमारी लोहनी ९८४१ ३७३७९९
१७ पब्लिक युथ क्याम्पस, धोवीचौर सुरक्षा शर्मा ९८४१ २०६३०७
१८ पुष्पलाल पार्क, विष्णुमती यशोदा के. सी. ९८४१ ४७९५०८
१९ सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा १९ परिसर मीना श्रेष्ठ ९८४१ ३९१८४६
२० शान्ति निकुञ्ज स्कुल, भगवतीबारी शारदा थापा ९८४१ ५१०९७०
२१ सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा २१,यंगाल लक्ष्मण अधिकारी ९८५१० २७६५८
२२ टेवहाल बडा कार्यालय, संकटा ज्योती शर्मा ९८४९ ६२२२८७
२३ नव आदर्श स्कुल, बसन्तपुर बसन्ती पोख्रेल ९८४१ ७२७३४२
२४ इतुमबहाल, तारणी बहाल विमलेष मिश्र ९८४९ ६३०२६२
२५ कन्या मन्दिर स्कुल, क्षेत्रपाटी सञ्जु श्रेष्ठ ९८४१ ४०८३५६
२६ वडा परिसर, लैनचौर मिठ्ठु श्रेष्ठ ९८४१ ९४४७०१
२७ महाबौद्ध चोक जानकी विष्ट ९८६० ८०८२२६
२८ २८ नं. वडा कार्यालय, सिटी मार्केट सरस्वती पनेरु ९८४१ ५२७०४३
२९ बिजय स्मारक स्कुल, डिल्लीबजार सुनिता क्षेत्री बोहरा ९८४९ २२९७७७
३० ज्ञानेश्वर चोक मञ्जु श्री ठाकुर ९८४४ ०५७०६०
३१ भीमसेनगोला स्कुल, भीमसेनगोला सृजना जि. सी. ९८४९ २८२४९७
३२ ३२ नं. वडा कार्यालय, जडीवुटी मैया सैजु ९८४१ २००५१४
वि.सं.२०७८ जेठ २ आइतवार ०८:५२ मा प्रकाशित






























