२ जेठ, काठमाडौँ । ५ वर्षपछि अष्ट्रेलियाको क्रिकेट टिम वेस्टइंडिज भ्रमणमा जाने भएको छ । वेस्टइंडिज किकेट र्बोडले दिएको जानकारी अनुसार अष्ट्रेलिया र वेस्टइंजिड बिच ५ खेलको टि-२० श्रृखला र ३ खेलको एकदिवसीय श्रृखला हुनेछ ।
यस सिरिजलाई टी–२० विश्वकपकाको तयारी सिरिजका रूपमा दुवै टोलीले लिएका छन्। यसै वर्ष भारतमा टी–२० विश्वकप हुँदैछ। जसमा दुवै टोलीले सहभागिता जनाउनेछन् । यी दुई टिम बिचको श्रृखला ९ जुलाईदेखि २४ जुलाईसम्म हुनेछन् । टि-२० श्रृखला सेन्ट लुसियामा हुनेछ भने एकदिवसीय श्रृखला बार्बाडोसमा हुनेछ ।
यस्तो छ खेल तालिका:
टि २० श्रृखला
पहिलो टी–२०: ९ जुलाई
दोस्रो टी–२०: १० जुलाई
तेस्रो टी–२०: १२ जुलाई
चौथो टी–२०: १४ जुलाई
पाँचौँ टी–२०: १६ जुलाई
एकदिवसीय श्रृखला
पहिलो एकदिवसीय: २० जुलाई
दोस्रो एकदिवसीय: २२ जुलाई
तेस्रो एकदिवसीय: २४ जुलाई
वि.सं.२०७८ जेठ २ आइतवार ०९:३६ मा प्रकाशित


























