back

संकटको घडीमा साथ दिन नेता नारायणकाजीको आग्रह

वि.सं.२०७८ जेठ २ आइतवार

339 

shares
GLOBAL IME AD
NTC AD

२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले कोरोना महामारीले निम्त्याएको यो संकटको घडीमा सबैलाई साथ दिन अनुरोध गरेका छन् ।

नेता श्रेष्ठले कोभिड स्वयम्सेवा समुहसँग जोडिएर जिल्ला र गाउँहरुमा जनतालाई सेवागर्न जान इच्छुक स्वयम्सेवी भावका चिकित्सक,प्यारामेडिक्सलगायतको आवस्यक भएको भन्दै सहयोगका लागि अनुरोध गरेका हुन् ।

नेता श्रेष्ठले ऐन्टिजेन किट्स, पिपीई, मास्क, स्यानिटाइजर, फेस शिल्ड, अक्सिजन सिलिण्डर र औषधिहरु सहयोग गर्न पनि अनुरोध गरेका छन् ।

‘कोरोनाको यो महामारीको समयमा कोभिड स्वयंसेवा समुह Covid Volunteer Service Team (CVS ) सँग जोडिएर जिल्ला र गाँउहरुमा जनतालाई सेवा गर्न जान स्वयंसेवी भावका चिकित्सक, प्यारामेडिकस साथीहरु आवश्यक भएकाले म बिनम्रतापुर्वक अनुरोध गर्दछु । कृपया यो सँकटको घडीमा साथ दिन कोही तयार हुनुभए तुरुन्त सम्पर्क गर्नुहोला । सम्पर्क नं ९८५१०३८३९१ ।’ नेता श्रेष्ठले लेखेका छन् ।


नेता श्रेष्ठको नेतृत्वमा रहेको कोभिड स्वयंसेवा समुहले उपत्यकाभित्र निशेधाज्ञाका कारणले पिसीआर परीक्षण गर्न तथा कोरोना संक्रमण भएर अस्पतालसम्म जान कठिनाइ भएकाहरुका लागि Rapid Rescue team परिचालन गरेर सेवा दिइरहेको छ ।
त्यसका लागि इन्द्रराज भट्टराई ९८५१०६०५८८, उत्तर कुमार श्रेष्ठ ९८५११५९२०३ र प्रकाश पोखरेल ९८५११९५६६४ मा सम्पर्क गरेर सहयोग लिन सकिने बताइएको छ ।

वि.सं.२०७८ जेठ २ आइतवार ११:५३ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...