२ जेठ, काठमाडौँ । देशमा कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरुको उपचारको क्रममा अस्पताल तथा नर्सिङहोमहरुमा देखापरेको अक्सिजनको चरम अभावलाई मध्यनजर राखी, अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरुको खरिद तथा क्षमता बिस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङहोमहरुलाई लक्षित गरी सिद्धार्थ बैंकले ‘सिद्धार्थ अक्सिजन लोन’ नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा संचालनमा ल्याएको छ ।
बैंकका अनुसार यस कर्जाको लागि कम्पनीको नगद प्रवाह (Cash Flow) लाई आधार मानी कर्जाको अवधि अधिकतम १५ वर्ष कायम गरिएको छ । ब्याजदरको हकमा कर्जा अवधिभर नै आधार दर (Base Rate) कायम गरिने र भविष्यमा केन्द्रिय बैंकबाaट कुनै प्रकारको सहुलियत प्राप्त हुने भएमा सो समेत उपलब्ध गराइने बैंकले जनाएको छ । यसमा कुनै पनि किसिमको सेवा शुल्क तथा अन्य कमिशनहरु नलिइने बैंकले जनाएको छ।
सीमित अवधिका लागि ल्याइएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्दत पुर्याउँदै कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ।
वि.सं.२०७८ जेठ २ आइतवार १२:३८ मा प्रकाशित