back

रुपन्देहीमा आइतबार बिहान ५ जनासहित थप १० जना कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ जेठ २ आइतवार

354 

shares
GLOBAL IME AD
NTC AD

२ जेठ, काठमाडौ । रुपन्देहीमा थप १० जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार आइतबार बिहान मात्र ५ जना र अन्य ५ जना गरी १० जनाको मृत्यु भएको हो ।
अस्पतालका अनुसार आज मृत्यु हुनेमा तिलोत्तमाका १, गुल्मीका २ र नवलपरासीका १ र नाम नखुलेका १ गरी ५ पुरुषको मृत्यु भएको हो ।

नवलपरासी भुमइ ६ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार १२ः४० मा मृत्यु भएको छ । उनमा बैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

गुल्मीको सत्यवती ५ का ४५ वर्षीय पुरुषको पनि आइतबार विहान ५ः१५ मा मृत्यु भएको छ । उनमा बैशाख २६ गते संक्रमण देखिएको थियो ।

गुल्मी इश्मा ४ का ४५ वर्षीय पुरुषको पनि उपचारका क्रममा आइतबार बिहान ८ः४४ मा मृत्यु भएको छ । उनमा आजै संक्रमण पुष्टि भएको थियो ।

बुटवलको तिलोत्तमा ५ का ६० वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । बैशाख २८ गते संक्रमण पुष्टि भएका उनको आइतबार बिहान ८ः३० मा मृत्यु भएको हो ।

त्यस्तै नाम नखुलेका अर्का एक पुरुषको पनि आइतबार बिहान ९ बजे मृत्यु भएको छ । बैशाख ३० मा अस्पतालमा भर्ना भएका उनमा ३१ गते कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसैगरी जेठ १ गते गुल्मी धुर्कोटका ३३ वर्षीय पुरुष र तिलोत्तमा ४ का ३६ वर्षीय पुरुष, बैशाख ३१ गते रुपन्देहीको सैनामैना ८ का ५४ वर्षीय पुरुष र बुटवल ११ की ६० वर्षीया महिला, तथा बैशाख ३० गते सैनामैना १ का ६४ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

वि.सं.२०७८ जेठ २ आइतवार १३:४३ मा प्रकाशित

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य...

कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुर । कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति...

बाँकेमा २० प्रजातिका चरा भेटिए

बाँकेमा २० प्रजातिका चरा भेटिए

  बाँके । केही दिनअघि बाँकेमा भएको जलचर चराको गणना...

वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु

वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु

जानकी (बाँके) । वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका...

रिडी मेलामा घरेलु सामग्रीहरु किनमेल गर्नेको घुइँचो

रिडी मेलामा घरेलु सामग्रीहरु किनमेल गर्नेको घुइँचो

गुल्मी । छ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यसपटक घरेलु...