२ जेठ, काठमाण्डौ । शुक्रवार थोरै र शनिवार देखि निकै भाइरल बनेको एउटा फोटाको बिषयमा नेता घनश्याम भुसालले स्पष्टोक्ति दिएका छन ।
नेपाली कम्युनिष्ट आन्दोलनमा बैचारीक नेताको पहिचान बनाएका नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले र्चिर्चत फोटालाइ लिएर सार्वजनिक स्पष्टिकरण दिएका हुन ।
हिजो एउटा बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो खुबै प्रचार भएको छ । समाजमा जान्ने बुझ्ने भनिएकाहरु पनि यस दौडमा देखिनु र त्यहाॅ प्रधानमन्त्री कार्यालयका फोटोग्राफर बाहेक अरु कोहि नहुनु संयोगमात्र हो वा होइन थाहा भएन ।
— Ghanashyam Bhusal (@gsbhusal) May 15, 2021
उनले प्रधनामन्त्रीलाइ नमस्कार गर्न उठदै गर्दा उक्त फोटो कसैले खिचेको बताएका छन भने त्यतिबेला प्रधानमन्त्री कार्यालयका फोटोग्राफर मात्र रहेको पनि उनले प्रष्ट पारेका छन । यसको साथै उनले उक्त फोटो योजनाबद्ध रुपमा प्रचार गरीएकोले संयोगमात्र नहुने आशंका गरेका छन ।
कार्यदल निमाृणका बिषयमा छलफल गर्न सिंहदरवारमा आयोजित बैठकको सो फोटोबाट माधव पक्षिय नेताहरुको लम्पसारवादलाइ चित्रित गरेको भन्दै आलोचना गरीएको छ ।
वि.सं.२०७८ जेठ २ आइतवार १६:३३ मा प्रकाशित