back
CTIZAN AD

लिभरपुलको रोमाञ्चक जित, गोलकिपर एलिसनले गरे इन्जुरी टाइममा गोल

वि.सं.२०७८ जेठ ३ सोमवार

696 

shares

३ जेठ, काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हासिल गरेको छ । लिभरपुलले वेस्ट ब्रुमलाई २ १ गोलले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेका हो ।

खेल पहिलो हाफमा १-१ गोलको बराबरीमा राकिएको थियो । खेलको १५ औँ मिनेटमा रोब्सन कानुले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए भने खेलको ३३ औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलका खेलमा बराबरी दिलाएका थिए ।

दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेट लिभरपुलका गोलकिपर एलिसनले गर्दै टिमलाई जित दिलाएका थिए । लिभरपुलका लागि सन् १८९२ पछि गोलकिपरले निर्णायक गोल गरेका हुन्।

जितसँगै लिभरपुलको शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना जीवितै बनेको छ। पाँचौ स्थानको लिभरपुलको अन्तिम दुई खेलअघि ६३ अंक छ।

त्यसैगरी स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओलाई १-० ले पराजित गरेको छ भने बार्सिलोनालाई सेल्टा भिगोले २-१ गोलले पराजित गरेको छ ।

वि.सं.२०७८ जेठ ३ सोमवार ०८:३२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...