back
CTIZAN AD

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन वरिष्ठ नेता नेपालको आग्रह

वि.सं.२०७८ जेठ ३ सोमवार

606 

shares

३ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धीत सबै पक्षसँगग माग गरेका छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा नेता नेपालले एक वक्तव्य जारी गर्दै जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आउन नसकेको भन्दै घटनाको यथार्थ पत्ता लगाउन आग्रह गरेका हुन् ।

घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको भन्दै वरिष्ठ नेता नेपालले यतिबेला नेकपा (एमाले)को आन्तरिक जीवनमा असाध्यै संगीन परिस्थितिको सामना गरिरहेको समेत बताएका छन् ।

यस्तो छ वरिष्ठ नेता नेपालद्धारा जारी विज्ञप्ति
मदन–आश्रितप्रति हार्दिक श्रद्धाञ्जली !
२०७८ जेठ ३ गते २८ औं मदन–आश्रित स्मृति दिवस ! नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता कमरेड मदन भण्डारी र संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको रहस्यमय निधन भएको २८ वर्ष पूरा भएको छ । सर्वप्रथम म उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो हुनुहुन्थ्यो । सिद्धान्तकार, विचारक, व्याख्याता र एक दुरदृष्टियुक्त नेता हुनुहुन्थ्यो । उहाँले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गरेर संसारभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा सर्वाधिक लोकप्रिय र असाध्यै बलशाली बनाउनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । यसैगरी कुशल संगठक कमरेड जीवराज आश्रितले नेकपा (एमाले)को संगठन विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप संगठन निर्माणमा उहाँले खेल्नु भएको भूमिका अतुलनीय छ ।

सोभियत संघ विघटनपछि कम्युनिष्ट आन्दोलन रक्षात्मक मात्रै होइन अलमलमा थियो । दिशाहीनता र जडताको गोलचक्करमा परेको तथा ओरालो लागेको कम्युनिष्ट आन्दोलनलाई जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर तत्कालीन महासचिव कमरेड भण्डारीले नयाँ उचाई प्रदान गर्दै नयाँ आशा र विश्वास प्रदान गर्नुभयो । मार्क्सवादका मूलभूत पक्षको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउन जबजको अग्रणी भूमिका छ ।

जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंङ्घा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु । यतिबेला हामी नेकपा (एमाले)को आन्तरिक जीवनमा असाध्यै संगीन परिस्थितिको सामना गरिरहेका छौं ।
यो बेला हामी माथि प्रश्न छ, ‘के हामी जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण, राष्ट्रिय पूँजीको विकास र समाजवादमा पुग्ने हाम्रो सपना र प्रतिबद्धता अनुरुप अघि बढी रहेका छौँ ?’ हामी माथि प्रश्न छ, ‘जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य– मान्यतालाई स्वंयम् हामीले आत्मसात गरीरहेका छौं?’ अहिले कमरेड मदन भण्डारी र जीवराज आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि हामी प्रतिबद्ध हुनपर्ने समय आएको छ । नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने वा विचलित हुने छुट हामी कसैलाई छैन ।

यी तमाम दायित्व पूरा गर्नका लागि आजको सन्दर्भमा एकताबद्ध, सुसंगठित, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त हो । नेकपा (एमाले) को विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै उहाँहरुले देखेको सुन्दर सपना साकार पार्न सक्नेछौं । फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्रै उहाँहरुप्रतिको सम्मान हुनेछ । देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिड्ने प्रण गरौं । यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

अहिले हामी कोरोनाको दोस्रो लहरका कारण हामीले युगकै असाध्यै कठिन परिस्थिति सामना गरिरहेका छौं । यो विषम परिस्थितिमा सबैसँग आवश्यक सहकार्य गर्दै सम्पूर्ण शक्ति र संयन्त्र कोरोना विरुद्धको लडाईंमा परिचालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु । कोरोना महामारीविरुद्ध जारी स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्दै संक्रमणको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकीय भूमिका निर्वाह गर्न सिंगो पार्टी पंक्ति सहित आम जनसमुदायलाई हार्दिक अपील समेत गर्दछु ।
मितिः २ जेठ, २०७८
माधवकुमार नेपाल
वरिष्ठ नेता नेकपा (एमाले) माधवकुमार नेपाल

वि.सं.२०७८ जेठ ३ सोमवार ०८:४४ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...