back

फुच्चे कमरेडको सम्झनामा मदन भण्डारी

वि.सं.२०७८ जेठ ३ सोमवार

537 

shares
GLOBAL IME AD
NTC AD

मिती – २०४७पुष ५
स्थान – पाटन कृष्ण मन्दिर परीसर
समय – मध्यान्ह १ देखि ५ बजे सम्म
माथि उदृत गरीएको परिवेशमा देशमा भरखर प्रजातन्त्रको विहानी उदाएको थियो । त्यहि प्रजातन्त्रले आफ्नो विधी र पद्धतीको बिकासका लागि जन्माएको थियो करिस्माइ नेता मदन भण्डारी । तिनै मदनलाइ सुन्न जम्मा भएका थिए पाटन कृष्ण मन्दीर परीसरमा लाखौं मानिसहरु । लाखौ मानिसको भिडको एउटा सदस्य थियो यो पंक्तिकार पनि । साइत जुराएको थियो नेपाल प्रगतिशिल विद्यार्थी युनियनले । साइत थियो युनियनको पाँचौ राष्ट्रिय सम्मेलन उद्धघाटन सत्रको ।

त्यो समय यस्तो थियो मदनवाहेक अरुको चर्चा नै हुदैनथ्यो । चियाचर्चा देखि नीति निर्माण सवै ठाँउमा सवैले पहिला मदनको विचार जान्न चाहान्थे अनि बल्ल आफ्नो विचार वनाउँथे । हो त्यहि समयमा मदनलाइ सुन्न गुल्मीवाट काठमाण्डौ आएको थियो यो पंक्तिकार पनि राष्ट्रिय सम्मेलन प्रतिनिधिको रुपमा । दशवर्षको तोतेवोलीले पहिलोपटक मदनको गर्जनको वखान कसरी गर्न सक्दो हो, तर पनि लालसा थियो मदनको भाषण सुन्ने ।

जान्ने सुन्नेहरु भन्थे जब मदन गर्जिन थाल्छन् मानिसहरु हिड्दा हिड्दै रोकिन्छन् । शहरमा वसेर मदनको भाषण सुनेकाहरुको वखान यस्तो हुन्थ्यो– मदनको भाषण सुन्दा सुन्दै मानिसले आफैलाइ बिर्सिन्छ । हो म पहिलोपटक तिनै मदनलाइ सुन्न कृष्ण मन्दिर परीसरमा पुगेको थिए । मलाई त्यहाँ पुर्याउनु भएको थियो मदनका वनारसकालिन मित्र मेरा पिताजी टोमलाल पाण्डेले ।

May be an image of Puspalal Pandey
पुष्पलाल पाण्डे

मदनको भाषण सुन्नु त छदैथियो मेरो उद्धेस्य मदनलाइ नजिकबाट हेर्नु पनि थियो । त्यसैले म मन्चको अगाँडि वसेको थिए । ताकी नजिकबाट मदनलाइ देख्न सकुँ । कार्यक्रम सुरु भयो अतिथीको आसन ग्रहणसँगै उद्घोषकले नेकपा मालेका महासचिव कमरेड मदन भण्डारीलाइ विशेष अतिथीको रुपमा आमन्त्रण गर्न मात्र के पाएका थिए सिङ्गो सभाक्षेत्र तालिमय बन्यो । र म सँगै छेउँबाट छड्के टोपि र लामो घुँडासम्म आउने ज्याकेट लगाएको मान्छे हात हल्लाउदै मन्चतिर गयो र मासलाइ अभिवादन गर्दै आसन ग्रहण पो गर्याे । म सङ्गै वसेको मान्छे मदन रहेछन भन्ने बल्ल पो मैले थाहा पाए । पिताजीलाइ छोडेर मदन हेर्न र सुन्न अगाँडि वसेको म आफैसङ्ग रहेका मदनलाई नचिनेकोमा थकथकील ाग्यो । म अगाडि थिए । भाषण चल्दै थियो । अखिल पाँचौका अध्यक्ष सङकर पोखरेल र नेविसङघका अध्यक्ष एनपि साउद पनि मन्चमा थिए । त्यति वेला सङ्कर पोखरेललाइ मान्छेहरु जुनियर मदन भन्थे ।

मन्चमा तत्कालीन वाम मोर्चाका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री साहना प्रधान समेत हुनुहुन्थ्यो । मलाइ असाध्यै माया गर्ने उहाँले मन्चबाट मलाई खुव नियालीरहनु भएको रहेछ । मैले मन्चतिर हेर्नासाथ उहाँसङ्ग मेरा आखाँ जुधे र उहाँले मलाइ आँखै–आँखाले मन्चमा वोलाउनु भयो । मैले खोजेजस्तै भयो । हो यहिँ हो मैले पहिलो र अन्तिमपटक मदनलाइ सून्न , देख्न र उहाँसङ्ग दर्विलो गरी हात मिलाउन पाएको ।

मैले मदन भेटेको त्यो समय मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा माक्र्सवादी र मदनले नेतृत्व गरेको नेकपा मालेविच एकता वार्ता चलिरहेको थियो । त्यो वेलाका वार्ताहरु अहिले जस्तो व्यापारीका ठूला महल वा रिर्सोटहरुमा हुँदैनथ्यो ।

खुला सत्र सकिए सङ्गै मदन र मनमोहनविच माक्र्सवादीको टेकु स्थित केन्द्रीय कार्यालयमा एकता वार्ताको कार्यक्रम रहेछ । सोहिदिन उत्पीडित जातिय उत्थान मन्चको त्रिवि अडिटोरीयम हलको कार्यक्रममा पनि मदन पुग्नुपर्ने रहेछ । त्यसैले प्राय साइकलमा हिड्ने मदनका लागि त्यो दिन मारुतिको जिप्सी गाडि तयार पारिएको रहेछ । हो त्यही जिप्सीमा म मदनको काखमा पाटनदेखि टेकुसम्मको यात्रा तय गरेको । र मदनबाट फुच्चे कमरेडको उपाधी पाएर फुरुङ्ग भएको । काखमा राखेर मदनले मलाई भन्नु भएको थियो – फुच्चे कमरेड अवको अखिलको कार्यकर्ता विद्यालय र विश्व विद्यालयमा प्रथम हुनुपर्छ । आफ्नो विषयमा विज्ञ हुनुपर्छ । अब मदन र मदनहरु तिनै विज्ञहरु खोज्दै तपाई र तपाईहरुका घरमा पुग्ने छन् ।

मदनको काखमा वस्न पाउनु पनि सँयोग थियो । मदनलाइ चढ्न तयार पारिएको जिप्सीमा चालक वाहेक चार जनामात्र वस्न मिल्ने थियो । तर चढ्नै पर्ने भयो वयस्क पाँचजना सहित म समेत गरेर छ जना । मदनको साथमा जिवराज आश्रित , मोदनाथ प्रश्रित, टोमलाल पाण्डे र अर्को एकजना हुनुहुन्थ्यो । ति सवैका नेता मदन हुनुहुन्थ्यो । अहिले नेता र मन्त्रीहरुका गाडीका ढोका अरुले नै खोलिदिनु पर्छ तर मदनले आफ्ना कमरेडहरुलाइ आफैले ढोका खोलेर सिटमा वसाएर मात्र आफु वस्नु भयो । अरु कमरेडलाइ अफ्ठ्यारो होला की भनेर मलाइ आफैले काखमा लिएर ढोकाको छेवैमा च्यापिएर वस्नु भयो ।

अहिलेका नेताले विद्यार्थीलाइ पढ्नु भन्दा ढुंगा हान्न उक्साउछन् तर मदनले टपर वन्न उक्साउनुहुन्थ्यो । विद्यार्थीको झोलामा समाज विज्ञानका पुस्तक र पाठ्यक्रमका पुस्तक हुनुपर्ने भन्दै सम्झाउनुहुन्थ्यो । उदारताका साथ आफ्ना कमरेडहरुको सम्मान गर्नुहुन्थ्यो । शायद यहि भएर होला मदन कमरेड यो फुच्चे कमरेडको दिल र दिमागमा सधै अटल भएर वस्नु भएको छ । त्यसैल्ो त लाखौ मानीसहरु एकस्वरमा भन्छन्– जननेता मदन अमर रहुन । जनताको वहुदलिय जनवाद जिन्दावाद ।

 

 

 

 

 

वि.सं.२०७८ जेठ ३ सोमवार ०९:४७ मा प्रकाशित

आरक्षणको विरोध : नश्लिय एकल जातीय चिन्तन

आरक्षणको विरोध : नश्लिय एकल जातीय चिन्तन

नेपाल बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु क्षेत्रीय र बहु...

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

विदेश जानै पर्ने दबाबमा नेपाली युवा

काठमाडौँ । पल्लाघरे काकाको छोरी अमेरिकाको लागि उडेकी मात्र के...

लगानीकर्ताले कसरी लिने कानुनी लाभ

लगानीकर्ताले कसरी लिने कानुनी लाभ

काठमाडौँ । धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो ।...

योग, आरोग्य र समृद्धि

योग, आरोग्य र समृद्धि

काठमाडौँ । योग एक पूर्ण मनुष्य बन्ने जीवन पद्दति हो...

राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला

राजनीतिमा जाग्दै आदिवासी जनजाति महिला

कुनै पनि परिवर्तनको मूल आधार भनेको राजनीतिक चेत र अभ्यास...