back
CTIZAN AD

फुच्चे कमरेडको सम्झनामा मदन भण्डारी

वि.सं.२०७८ जेठ ३ सोमवार

1.7K 

shares

मिती – २०४७पुष ५
स्थान – पाटन कृष्ण मन्दिर परीसर
समय – मध्यान्ह १ देखि ५ बजे सम्म
माथि उदृत गरीएको परिवेशमा देशमा भरखर प्रजातन्त्रको विहानी उदाएको थियो । त्यहि प्रजातन्त्रले आफ्नो विधी र पद्धतीको बिकासका लागि जन्माएको थियो करिस्माइ नेता मदन भण्डारी । तिनै मदनलाइ सुन्न जम्मा भएका थिए पाटन कृष्ण मन्दीर परीसरमा लाखौं मानिसहरु । लाखौ मानिसको भिडको एउटा सदस्य थियो यो पंक्तिकार पनि । साइत जुराएको थियो नेपाल प्रगतिशिल विद्यार्थी युनियनले । साइत थियो युनियनको पाँचौ राष्ट्रिय सम्मेलन उद्धघाटन सत्रको ।

त्यो समय यस्तो थियो मदनवाहेक अरुको चर्चा नै हुदैनथ्यो । चियाचर्चा देखि नीति निर्माण सवै ठाँउमा सवैले पहिला मदनको विचार जान्न चाहान्थे अनि बल्ल आफ्नो विचार वनाउँथे । हो त्यहि समयमा मदनलाइ सुन्न गुल्मीवाट काठमाण्डौ आएको थियो यो पंक्तिकार पनि राष्ट्रिय सम्मेलन प्रतिनिधिको रुपमा । दशवर्षको तोतेवोलीले पहिलोपटक मदनको गर्जनको वखान कसरी गर्न सक्दो हो, तर पनि लालसा थियो मदनको भाषण सुन्ने ।

जान्ने सुन्नेहरु भन्थे जब मदन गर्जिन थाल्छन् मानिसहरु हिड्दा हिड्दै रोकिन्छन् । शहरमा वसेर मदनको भाषण सुनेकाहरुको वखान यस्तो हुन्थ्यो– मदनको भाषण सुन्दा सुन्दै मानिसले आफैलाइ बिर्सिन्छ । हो म पहिलोपटक तिनै मदनलाइ सुन्न कृष्ण मन्दिर परीसरमा पुगेको थिए । मलाई त्यहाँ पुर्याउनु भएको थियो मदनका वनारसकालिन मित्र मेरा पिताजी टोमलाल पाण्डेले ।

May be an image of Puspalal Pandey
पुष्पलाल पाण्डे

मदनको भाषण सुन्नु त छदैथियो मेरो उद्धेस्य मदनलाइ नजिकबाट हेर्नु पनि थियो । त्यसैले म मन्चको अगाँडि वसेको थिए । ताकी नजिकबाट मदनलाइ देख्न सकुँ । कार्यक्रम सुरु भयो अतिथीको आसन ग्रहणसँगै उद्घोषकले नेकपा मालेका महासचिव कमरेड मदन भण्डारीलाइ विशेष अतिथीको रुपमा आमन्त्रण गर्न मात्र के पाएका थिए सिङ्गो सभाक्षेत्र तालिमय बन्यो । र म सँगै छेउँबाट छड्के टोपि र लामो घुँडासम्म आउने ज्याकेट लगाएको मान्छे हात हल्लाउदै मन्चतिर गयो र मासलाइ अभिवादन गर्दै आसन ग्रहण पो गर्याे । म सङ्गै वसेको मान्छे मदन रहेछन भन्ने बल्ल पो मैले थाहा पाए । पिताजीलाइ छोडेर मदन हेर्न र सुन्न अगाँडि वसेको म आफैसङ्ग रहेका मदनलाई नचिनेकोमा थकथकील ाग्यो । म अगाडि थिए । भाषण चल्दै थियो । अखिल पाँचौका अध्यक्ष सङकर पोखरेल र नेविसङघका अध्यक्ष एनपि साउद पनि मन्चमा थिए । त्यति वेला सङ्कर पोखरेललाइ मान्छेहरु जुनियर मदन भन्थे ।

मन्चमा तत्कालीन वाम मोर्चाका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री साहना प्रधान समेत हुनुहुन्थ्यो । मलाइ असाध्यै माया गर्ने उहाँले मन्चबाट मलाई खुव नियालीरहनु भएको रहेछ । मैले मन्चतिर हेर्नासाथ उहाँसङ्ग मेरा आखाँ जुधे र उहाँले मलाइ आँखै–आँखाले मन्चमा वोलाउनु भयो । मैले खोजेजस्तै भयो । हो यहिँ हो मैले पहिलो र अन्तिमपटक मदनलाइ सून्न , देख्न र उहाँसङ्ग दर्विलो गरी हात मिलाउन पाएको ।

मैले मदन भेटेको त्यो समय मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा माक्र्सवादी र मदनले नेतृत्व गरेको नेकपा मालेविच एकता वार्ता चलिरहेको थियो । त्यो वेलाका वार्ताहरु अहिले जस्तो व्यापारीका ठूला महल वा रिर्सोटहरुमा हुँदैनथ्यो ।

खुला सत्र सकिए सङ्गै मदन र मनमोहनविच माक्र्सवादीको टेकु स्थित केन्द्रीय कार्यालयमा एकता वार्ताको कार्यक्रम रहेछ । सोहिदिन उत्पीडित जातिय उत्थान मन्चको त्रिवि अडिटोरीयम हलको कार्यक्रममा पनि मदन पुग्नुपर्ने रहेछ । त्यसैले प्राय साइकलमा हिड्ने मदनका लागि त्यो दिन मारुतिको जिप्सी गाडि तयार पारिएको रहेछ । हो त्यही जिप्सीमा म मदनको काखमा पाटनदेखि टेकुसम्मको यात्रा तय गरेको । र मदनबाट फुच्चे कमरेडको उपाधी पाएर फुरुङ्ग भएको । काखमा राखेर मदनले मलाई भन्नु भएको थियो – फुच्चे कमरेड अवको अखिलको कार्यकर्ता विद्यालय र विश्व विद्यालयमा प्रथम हुनुपर्छ । आफ्नो विषयमा विज्ञ हुनुपर्छ । अब मदन र मदनहरु तिनै विज्ञहरु खोज्दै तपाई र तपाईहरुका घरमा पुग्ने छन् ।

मदनको काखमा वस्न पाउनु पनि सँयोग थियो । मदनलाइ चढ्न तयार पारिएको जिप्सीमा चालक वाहेक चार जनामात्र वस्न मिल्ने थियो । तर चढ्नै पर्ने भयो वयस्क पाँचजना सहित म समेत गरेर छ जना । मदनको साथमा जिवराज आश्रित , मोदनाथ प्रश्रित, टोमलाल पाण्डे र अर्को एकजना हुनुहुन्थ्यो । ति सवैका नेता मदन हुनुहुन्थ्यो । अहिले नेता र मन्त्रीहरुका गाडीका ढोका अरुले नै खोलिदिनु पर्छ तर मदनले आफ्ना कमरेडहरुलाइ आफैले ढोका खोलेर सिटमा वसाएर मात्र आफु वस्नु भयो । अरु कमरेडलाइ अफ्ठ्यारो होला की भनेर मलाइ आफैले काखमा लिएर ढोकाको छेवैमा च्यापिएर वस्नु भयो ।

अहिलेका नेताले विद्यार्थीलाइ पढ्नु भन्दा ढुंगा हान्न उक्साउछन् तर मदनले टपर वन्न उक्साउनुहुन्थ्यो । विद्यार्थीको झोलामा समाज विज्ञानका पुस्तक र पाठ्यक्रमका पुस्तक हुनुपर्ने भन्दै सम्झाउनुहुन्थ्यो । उदारताका साथ आफ्ना कमरेडहरुको सम्मान गर्नुहुन्थ्यो । शायद यहि भएर होला मदन कमरेड यो फुच्चे कमरेडको दिल र दिमागमा सधै अटल भएर वस्नु भएको छ । त्यसैल्ो त लाखौ मानीसहरु एकस्वरमा भन्छन्– जननेता मदन अमर रहुन । जनताको वहुदलिय जनवाद जिन्दावाद ।

 

 

 

 

 

वि.सं.२०७८ जेठ ३ सोमवार ०९:४७ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...