back
CTIZAN AD

एनआरएनएको सहयोगमा बाग्लुङमा टेलिमेडिसिनको शुरुआत

वि.सं.२०७८ जेठ ३ सोमवार

744 

shares

३ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनएं) यूके र बेलायतस्थित स्वीनफल च्यारिटेवल ट्रष्टको सहयोगमा बाग्लुङ्ग अस्पतालमा आइतवार देखि टेलिमेडिसिन सेवा सुरु भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार सो सेवामार्फत बाग्लुङ्ग अस्पतालमै रहेर बेलायतका प्रतिष्ठित विशेषज्ञ डाक्टरहरुबाट विरामीहरुले निःशुल्क स्वास्थ्य सेवा लिन सक्ने छन् ।

यसअघि ट्रष्टले विश्वका ७९ देशका तीन सय ६६ अस्पतालमा सात सय विशेषज्ञ मार्फत ती सेवा दिंदै आएको छ ।

अन्तराष्ट्रिय बाग्लुङ्ग समाजको समन्वयमा स्थापना भएको सो सेवा संचलान गर्नको लागि गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, संघको केन्द्रीय पार्षद चन्द्र गुरुङ्गले उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।

अन्तराष्ट्रिय बाग्लुङ्ग समाजका अध्यक्ष एकराज गिरीका अनुसार सो सेवालाई भविष्यमा बागलुङकै अन्य क्षेत्रमा पनि यो सेवा क्रमशस् बिस्तार गर्दै जाने योजना रहेको छ । बाग्लुङ्गमा टेलिमेडिसिन सेवा संचालनको लागि आवश्यक प्रवन्ध गर्न बाग्लुङ्ग नगरपालिकाका मेयर जनक पौडेलले सहयोग गरेका थिए ।

टेलिमेडिसिन भनेको के हो ?
टेलिमेडिसिन स्वास्थ्य सेवाको क्षेत्रहरुमा नयाँ आयाम हो । टेलिमेडिसिन सेवामा मार्फत सूचना तथा प्रविधिको प्रयोगले ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने गरिन्छ । यो सेवामा विरामीहरुले विश्वभरका स्वास्थ्य सम्बन्धी विज्ञसंग भिडियो वा इलेक्ट्रोनिक माध्यबाट आफ्ना समस्यहरु राख्न सक्ने छन् ।

विरामीहरुको समस्यालाई हेरेर विज्ञ चिकित्सकहरुले उपचारको लागि सुझाव दिने छन् । यो अहिले विश्वका ग्रामीण क्षेत्रमा निकै लोकप्रिय उपचार विधीको रुपमा विस्तार भैरहेको सेवा हो ।

वि.सं.२०७८ जेठ ३ सोमवार ०९:५८ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...