३ जेठ, काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने विशेष प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले जेठ २३ गते कम्पनीको प्रधान कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट तेस्रो वार्षिक साधारण सभा बोलाएको हो।
कम्पनीले साधारण सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा पनि केहि परिमार्जन गर्न तयारी गरेको छ । कम्पनी सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५र७६ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद विवरण लगायत पनि छलफल गरी पारित गर्नेछ ।
वि.सं.२०७८ जेठ ३ सोमवार १०:२३ मा प्रकाशित


























