back
CTIZAN AD

फुच्चे कमरेडको सम्झनामा मदन भण्डारी

वि.सं.२०७८ जेठ ३ सोमवार

693 

shares

मिती – २०४७ पुष ५
स्थान – पाटन कृष्ण मन्दिर परीसर
समय – मध्यान्ह १ देखि ५ बजे सम्म
माथि उदृत गरीएको परीवेसमा देशमा भरखर प्रजातन्त्रको बिहानी उदाएको थियो । त्यहि प्रजातन्त्रले आफ्नो विधी र पद्धतीको बिकासका लागि जन्माएको थियो करीस्माइ नेता मदन भण्डारी । तिनै मदनलाइ सुन्न जम्मा भएका थिए पाटन कृष्ण मन्दीर परीसरमा लाखाैं मानीसहरु । लाखौ मानीसको भिडको एउटा सदस्यथियो यो पङ्गतीकार पनि । साइत जुराएको थियो नेपाल प्रगतिशिल विद्यार्थी युनियनले । साइत थियो युनियनको पाँचौ राष्ट्रीय सम्मेलन उद्घाटन सत्रको ।

म सँगै छेउबाट छड्के टोपि र लामो घुँडासम्म आउने ज्याकेट लगाएको मान्छे हात हल्लाउदै मन्चतिर गयो र मासलाई अभिवादन गर्दै आसन ग्रहण पो गरयो । म सँगै बसेको मान्छे मदन रहेछन भन्ने बल्ल पो मैले थाहा पाएँ । पिताजीलाई छोडेर मदन हेर्न र सुन्न अगाडि वसेको म आफै सङ्ग रहेका मदनलाई नचिनेकोमा थकथकि लाग्यो ।

त्यो समय यस्तो थियो मदन बाहेक अरुको चर्चानै हुदैनथ्यो । चियाचर्चा देखि निती निर्माण सवै ठाँउमा सवैले पहिला मदनको विचार जान्न चाहान्थे अनी बल्ल आफ्नो विचार वनाउँथे । हो, त्यहि समयमा मदनलाई सुन्न गुल्मीवाट काठमाण्डौ आएको थियो पङ्गतीकार पनी राष्ट्रीय सम्मेलन प्रतिनिधिको रुपमा । दशवर्षको तोतेवोलिले पहिलो पटक मदनको गर्जनको वखान कसरी गर्न सक्दो हो, तर पनी लालसा थियो मदनको भाषण सुन्ने ।

जान्ने सुन्नेहरु भन्थे जब मदन गर्जिन थाल्छन मानिसहरु हिड्दा हिड्दै रोकिन्छन । शहरमा वसेर मदनको भाषण सुनेकाहरुको वखान यस्तो हुन्थ्यो – मदनको भाषण सुन्दा सुन्दै मानीसले आफैलाई बिर्सिन्छ । हो आज म पहिलो पटक तिनै मदनलाई सुन्न कृष्ण मन्दिर परीसरमा पुगेको थिए । मलाई त्यहाँ पु¥याउनु भएको थियो मदनका वनारसकालिन मित्र मेरा पिताजी टोमलाल पाण्डेले ।

मदनको भाषण सुन्नु त छदैथियो मेरो उदेस्य मदनलाई नजिकबाट हेर्नु पनि थियो । त्यसैले म मन्चको अगाडि वसेको थिए । ताकी नजिकबाट मदनलाइ देख्न सकुँ । कार्यक्रम सुरु भयो । अतिथीको आसन ग्रहणसँगै उदघोषकले नेकपा मालेका महासचिव कमरेड मदन भण्डारीलाई विशेष अतिथीको रुपमा आमन्त्रण गर्न मात्र के पाएका थिए सिङ्गो सभा स्थल तालिमय बन्यो । र म सँगै छेउबाट छड्के टोपि र लामो घुँडासम्म आउने ज्याकेट लगाएको मान्छे हात हल्लाउदै मन्चतिर गयो र मासलाई अभिवादन गर्दै आसन ग्रहण पो गरयो । म सँगै बसेको मान्छे मदन रहेछन भन्ने बल्ल पो मैले थाहा पाएँ । पिताजीलाई छोडेर मदन हेर्न र सुन्न अगाडि वसेको म आफै सङ्ग रहेका मदनलाई नचिनेकोमा थकथकि लाग्यो । म अगाडि थिए । भाषण चल्दै थियो । अखिल पाचौँका अध्यक्ष शंकर पोखरेल र नेवि संघका अध्यक्ष एनपि साउद पनि मन्चमा थिए । त्यति वेला शंकर पोखरेललाई मान्छेहरु जुनियर मदन भन्थे ।

मन्चमा तत्कालीन वाममोर्चाका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री साहना प्रधान समेत हुनुहुन्थ्यो । मलाई असाध्ये माया गर्ने उहाले मन्चबाट मलाई खुव नियाली रहनुभएको रहेछ । मैले मन्चतिर हेर्नासाथ उहाँसङ्ग मेरा आखाँ जुधे र उहाँले मलाई आखै आँखाले मन्चमा बोलाउनु भयो । मैले खोजे जस्तै भयो । हो यहिँ हो मैले पहिलो र अन्तीम पटक मदनलाई सून्न, देख्न र उहाँसँथ दर्विलो गरी हात मिलाउन पाएको ।

मैले मदन भेटेको त्यो समय मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा माक्र्सवादी र मदनले नेतृत्व गरेको नेकपा माले विच एकता वार्ता चलिरहेको थियो । त्यो वेलाका वार्ताहरु अहिले जस्तो व्यापारीका ठूला महल वा रिर्सोटहरुमा हुँदैनथ्यो ।

खुला सत्र सकिए सँगै मदन र मनमोहन विच माक्र्सवादीको टेकु स्थित केन्द्रीय कार्यालयमा एकता वार्ताको कार्यक्रम रहेछ । सोहि दिन उत्पीडित जातिय उत्थान मन्चको त्रिवि अडिटोरीयम हलको कार्यक्रममा पनि मदन पुग्नु पर्ने रहेछ । त्यसैले प्राय साइकलमा हिड्ने मदनका लागि त्यस दिन मारुतिको जिप्सी गाडि तयार पारिएको रहेछ । हो त्यही जिप्सीमा हो म मदनको काखमा पाटन देखि टेकु सम्मको यात्रा तय गरेको । र मदनवाट फुच्चे कमरेडको उपाधी पाएर फुरुङ्ग भएको । काखमा राखेर मदनले मलाई भन्नुभएको थियो – फुच्चे कमरेड अबको अखिलको कार्यकर्ता विद्यालय र विश्वविद्यालयमा प्रथम हुनुपर्छ । आफ्नो विषयमा विज्ञ हुनुपर्छ । अब मदन र मदनहरु तिनै विज्ञहरु खौज्दै तपाई र तपाईहरुका घरमा पुग्ने छन् ।

मदनको काखमा बस्न पाउनु पनि संयोग थियो । मदनलाई चढ्न तयार पारीएको जिप्सीमा चालक बाहेक चार जना मात्र वस्न मिल्ने थियो । तर चढ्नै पर्ने भयो वयस्क पाँचजना सहित म समेत गरेर छ जना । मदनको साथमा जिवराज आश्रीत, मोदनाथ प्रश्रीत, टोमलाल पाण्डे र अर्को एकजना हुनुहुन्थ्यो । ति सवैको नेता मदन हुनुहुन्थ्यो । अहिले नेता र मन्त्रीहरुका गाडीका ढोका अरुले नै खोलिदिनु पर्छ तर मदनले आफै आफ्ना कमरेडहरुलाई आफैले ढोका खोलेर सिटमा बसाएर मात्र आफू बस्नु भयो । अरु कमरेडलाई अफ्ठ्यारो होलाकी भनेर मलाई आफैले काखमा लिएर ढोकाको छेवैमा च्याचीएर वस्नुभयो ।

अहिलेका नेताले विद्यार्थीलाई पढ्नु भन्दा ढुङगा हान्न उक्साउँछन् तर मदनले टपर वन्न उक्साउनु हुन्थ्यो । विद्यार्थीको झोलामा समाज विज्ञानका पुस्तक र पाठ्यक्रमका पुस्तक हुनु पर्ने सम्झाउनुहुन्थ्यो । उदारताका साथ आफ्ना कमरेडहरुको सम्मान गर्नुहुन्थ्यो । शायद यहि भएर होला मदन कमरेड यो फुच्चे कमरेडको दिल र दिमागमा सधै अटल भएर वस्नु भएको छ । त्यसैल्ो त लाखौ मानीसहरु एक स्वरमा भन्छन् – ‘जननेता मदन अमर रहुन । जनताको वहुदलीय जनवाद जिन्दावाद ।’

 

 

 

 

वि.सं.२०७८ जेठ ३ सोमवार १०:४९ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...