मिती – २०४७ पुष ५
स्थान – पाटन कृष्ण मन्दिर परीसर
समय – मध्यान्ह १ देखि ५ बजे सम्म
माथि उदृत गरीएको परीवेसमा देशमा भरखर प्रजातन्त्रको बिहानी उदाएको थियो । त्यहि प्रजातन्त्रले आफ्नो विधी र पद्धतीको बिकासका लागि जन्माएको थियो करीस्माइ नेता मदन भण्डारी । तिनै मदनलाइ सुन्न जम्मा भएका थिए पाटन कृष्ण मन्दीर परीसरमा लाखाैं मानीसहरु । लाखौ मानीसको भिडको एउटा सदस्यथियो यो पङ्गतीकार पनि । साइत जुराएको थियो नेपाल प्रगतिशिल विद्यार्थी युनियनले । साइत थियो युनियनको पाँचौ राष्ट्रीय सम्मेलन उद्घाटन सत्रको ।
म सँगै छेउबाट छड्के टोपि र लामो घुँडासम्म आउने ज्याकेट लगाएको मान्छे हात हल्लाउदै मन्चतिर गयो र मासलाई अभिवादन गर्दै आसन ग्रहण पो गरयो । म सँगै बसेको मान्छे मदन रहेछन भन्ने बल्ल पो मैले थाहा पाएँ । पिताजीलाई छोडेर मदन हेर्न र सुन्न अगाडि वसेको म आफै सङ्ग रहेका मदनलाई नचिनेकोमा थकथकि लाग्यो ।
त्यो समय यस्तो थियो मदन बाहेक अरुको चर्चानै हुदैनथ्यो । चियाचर्चा देखि निती निर्माण सवै ठाँउमा सवैले पहिला मदनको विचार जान्न चाहान्थे अनी बल्ल आफ्नो विचार वनाउँथे । हो, त्यहि समयमा मदनलाई सुन्न गुल्मीवाट काठमाण्डौ आएको थियो पङ्गतीकार पनी राष्ट्रीय सम्मेलन प्रतिनिधिको रुपमा । दशवर्षको तोतेवोलिले पहिलो पटक मदनको गर्जनको वखान कसरी गर्न सक्दो हो, तर पनी लालसा थियो मदनको भाषण सुन्ने ।
जान्ने सुन्नेहरु भन्थे जब मदन गर्जिन थाल्छन मानिसहरु हिड्दा हिड्दै रोकिन्छन । शहरमा वसेर मदनको भाषण सुनेकाहरुको वखान यस्तो हुन्थ्यो – मदनको भाषण सुन्दा सुन्दै मानीसले आफैलाई बिर्सिन्छ । हो आज म पहिलो पटक तिनै मदनलाई सुन्न कृष्ण मन्दिर परीसरमा पुगेको थिए । मलाई त्यहाँ पु¥याउनु भएको थियो मदनका वनारसकालिन मित्र मेरा पिताजी टोमलाल पाण्डेले ।
मदनको भाषण सुन्नु त छदैथियो मेरो उदेस्य मदनलाई नजिकबाट हेर्नु पनि थियो । त्यसैले म मन्चको अगाडि वसेको थिए । ताकी नजिकबाट मदनलाइ देख्न सकुँ । कार्यक्रम सुरु भयो । अतिथीको आसन ग्रहणसँगै उदघोषकले नेकपा मालेका महासचिव कमरेड मदन भण्डारीलाई विशेष अतिथीको रुपमा आमन्त्रण गर्न मात्र के पाएका थिए सिङ्गो सभा स्थल तालिमय बन्यो । र म सँगै छेउबाट छड्के टोपि र लामो घुँडासम्म आउने ज्याकेट लगाएको मान्छे हात हल्लाउदै मन्चतिर गयो र मासलाई अभिवादन गर्दै आसन ग्रहण पो गरयो । म सँगै बसेको मान्छे मदन रहेछन भन्ने बल्ल पो मैले थाहा पाएँ । पिताजीलाई छोडेर मदन हेर्न र सुन्न अगाडि वसेको म आफै सङ्ग रहेका मदनलाई नचिनेकोमा थकथकि लाग्यो । म अगाडि थिए । भाषण चल्दै थियो । अखिल पाचौँका अध्यक्ष शंकर पोखरेल र नेवि संघका अध्यक्ष एनपि साउद पनि मन्चमा थिए । त्यति वेला शंकर पोखरेललाई मान्छेहरु जुनियर मदन भन्थे ।
मन्चमा तत्कालीन वाममोर्चाका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री साहना प्रधान समेत हुनुहुन्थ्यो । मलाई असाध्ये माया गर्ने उहाले मन्चबाट मलाई खुव नियाली रहनुभएको रहेछ । मैले मन्चतिर हेर्नासाथ उहाँसङ्ग मेरा आखाँ जुधे र उहाँले मलाई आखै आँखाले मन्चमा बोलाउनु भयो । मैले खोजे जस्तै भयो । हो यहिँ हो मैले पहिलो र अन्तीम पटक मदनलाई सून्न, देख्न र उहाँसँथ दर्विलो गरी हात मिलाउन पाएको ।
मैले मदन भेटेको त्यो समय मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा माक्र्सवादी र मदनले नेतृत्व गरेको नेकपा माले विच एकता वार्ता चलिरहेको थियो । त्यो वेलाका वार्ताहरु अहिले जस्तो व्यापारीका ठूला महल वा रिर्सोटहरुमा हुँदैनथ्यो ।
खुला सत्र सकिए सँगै मदन र मनमोहन विच माक्र्सवादीको टेकु स्थित केन्द्रीय कार्यालयमा एकता वार्ताको कार्यक्रम रहेछ । सोहि दिन उत्पीडित जातिय उत्थान मन्चको त्रिवि अडिटोरीयम हलको कार्यक्रममा पनि मदन पुग्नु पर्ने रहेछ । त्यसैले प्राय साइकलमा हिड्ने मदनका लागि त्यस दिन मारुतिको जिप्सी गाडि तयार पारिएको रहेछ । हो त्यही जिप्सीमा हो म मदनको काखमा पाटन देखि टेकु सम्मको यात्रा तय गरेको । र मदनवाट फुच्चे कमरेडको उपाधी पाएर फुरुङ्ग भएको । काखमा राखेर मदनले मलाई भन्नुभएको थियो – फुच्चे कमरेड अबको अखिलको कार्यकर्ता विद्यालय र विश्वविद्यालयमा प्रथम हुनुपर्छ । आफ्नो विषयमा विज्ञ हुनुपर्छ । अब मदन र मदनहरु तिनै विज्ञहरु खौज्दै तपाई र तपाईहरुका घरमा पुग्ने छन् ।
मदनको काखमा बस्न पाउनु पनि संयोग थियो । मदनलाई चढ्न तयार पारीएको जिप्सीमा चालक बाहेक चार जना मात्र वस्न मिल्ने थियो । तर चढ्नै पर्ने भयो वयस्क पाँचजना सहित म समेत गरेर छ जना । मदनको साथमा जिवराज आश्रीत, मोदनाथ प्रश्रीत, टोमलाल पाण्डे र अर्को एकजना हुनुहुन्थ्यो । ति सवैको नेता मदन हुनुहुन्थ्यो । अहिले नेता र मन्त्रीहरुका गाडीका ढोका अरुले नै खोलिदिनु पर्छ तर मदनले आफै आफ्ना कमरेडहरुलाई आफैले ढोका खोलेर सिटमा बसाएर मात्र आफू बस्नु भयो । अरु कमरेडलाई अफ्ठ्यारो होलाकी भनेर मलाई आफैले काखमा लिएर ढोकाको छेवैमा च्याचीएर वस्नुभयो ।
अहिलेका नेताले विद्यार्थीलाई पढ्नु भन्दा ढुङगा हान्न उक्साउँछन् तर मदनले टपर वन्न उक्साउनु हुन्थ्यो । विद्यार्थीको झोलामा समाज विज्ञानका पुस्तक र पाठ्यक्रमका पुस्तक हुनु पर्ने सम्झाउनुहुन्थ्यो । उदारताका साथ आफ्ना कमरेडहरुको सम्मान गर्नुहुन्थ्यो । शायद यहि भएर होला मदन कमरेड यो फुच्चे कमरेडको दिल र दिमागमा सधै अटल भएर वस्नु भएको छ । त्यसैल्ो त लाखौ मानीसहरु एक स्वरमा भन्छन् – ‘जननेता मदन अमर रहुन । जनताको वहुदलीय जनवाद जिन्दावाद ।’
वि.सं.२०७८ जेठ ३ सोमवार १०:४९ मा प्रकाशित






























