back
CTIZAN AD

अपि पावरले जेठ २० गतेदेखि हकप्रद निष्काशन गर्ने

वि.सं.२०७८ जेठ ३ सोमवार

696 

shares

३ जेठ, काठमाडौँ । अपि पावर कम्पनीले जेठ २० गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले जेठ २० गते बिहीबारदेखि १ः०.२९३८ अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्ने जनाएको हो ।

हकप्रद जारी गर्न कम्पनीले वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । बैशाख २८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । अपि पावर कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

अपिको हकप्रद सेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ जेठ ३ सोमवार १०:५२ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...