back

भुटानी शरणार्थीद्वारा कोरोना सङ्क्रमितका लागि स्वास्थ्य सामग्री सहयोग

वि.सं.२०७८ जेठ ३ सोमवार

273 

shares
GLOBAL IME AD
NTC AD

३ जेठ, दमक । तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना सङ्क्रमितहरुका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

यहाँस्थित दमक अस्पताल कोभिड विशेष उपचार केन्द्रलाई पिपइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, मास्कलगायतका सामग्री प्रदान गरिएको हो ।

दमकको बेलडाँगी भुटानी शरणार्थी शिविरका पूर्वसचिव टीकाराम रसाइलीको अगुवाइमा ‘आँसु पुछौँ’ नामक सहयोगी संस्थामार्फत रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शरणार्थी शिविरका अर्का पूर्वसचिव युवराज राईले बताए ।

यस्तै संस्थाले अस्पतालमा खटिने प्रहरी, दमक वडा नं २ र ३ का जनप्रतिनिधिलाई स्यानिटाइजर जस्ता स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको छ । सामग्री हस्तान्तरण गर्दै फेन्स क्लब बीआरसीका अध्यक्ष तथा पूर्व शिविर सचिवसमेत रहेका राईले कोरोना सङ्क्रमितको उपचारमा चाहिने भेन्टिलेटर मेसिन खरिद गर्नका लागि रु १० लाख जम्मा गर्ने कार्य भइरहेको जानकारी दिए ।

यसअघि शरणार्थी बसोबास गरिएको खाली क्षेत्रमा गत वर्ष एचडीयूसहितको ३० शय्याको कोभिड अस्पताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । अहिले त्यस अस्पतालमा शरणार्थीसहित दुई दर्जन सङ्क्रमित उपचाररत रहेको नगर स्वास्थ्य शाखाका बद्री बरालले बताए ।
रासस

वि.सं.२०७८ जेठ ३ सोमवार १०:५५ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर (झापा) । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत...

उद्यम गर्न चाहनेलाई  निर्ब्याजी ऋण दिँदै नगरपालिका

उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण दिँदै नगरपालिका

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना...

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले...