back

थप गरेका निषेधाज्ञा आजदेखि लागू

वि.सं.२०७८ जेठ ३ सोमवार

294 

shares
GLOBAL IME AD
NTC AD

३ जेठ, बैतडी । बैतडीमा थप भएको निषेधाज्ञा आजदेखि लागू भएको छ ।

थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गरेका हुन् ।

यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

जिल्लाका कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढिरहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको जनाइएको हो । निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिँडडुल गर्न पाइने छैन । खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । यसअघि बिहान १० बजेसम्म पसल खोल्न पाइने निर्णयमा थप कडाइ गरिएको हो ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीन दिन मात्रै दिनको दुई घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । यसैगरी पूर्वस्वीकृति लिएका सवारी साधन मात्रै सञ्चालन गर्न पाइनेछ ।

कुनै निर्माणका काम गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिस गरेमा आवश्यकताका आधारमा ती काम सञ्चालन गर्न दिने निर्णय भएको छ । कुनै विकास निर्माणका योजनाको काम अघि बढाउँदा सङ्क्रमण नफैलिने सुनिश्चितता भएको अवस्थामा त्यस्ता आयोजनामा मात्रै काम गर्न दिने र अन्यथा सबै विकास निर्माणका कामसमेत रोक्न भनिएको छ ।

निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरुमा रोक लगाइएको छ भने विवाह, व्रतबन्ध, अन्तिम संस्कार जस्ता कार्य थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइनेछ । कसैले निषेधाज्ञाको उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐनअनुसार कारवाही हुने बताइएको छ । बैतडीमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९१५ रहेको छ । हालसम्म कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ ।
रासस

वि.सं.२०७८ जेठ ३ सोमवार ११:१० मा प्रकाशित

घरको छानामा जस्तापाता राख्न विपन्न परिवारलाई रकम उपलब्ध गराउँदै नगरपालिका

घरको छानामा जस्तापाता राख्न विपन्न परिवारलाई रकम उपलब्ध गराउँदै नगरपालिका

  कञ्चनपुर । अति विपन्न परिवारको घरको छानामा जस्तापाता राख्नका...

चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै पुरैनी ताल

चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै पुरैनी ताल

कञ्चनपुर । बेलौरी नगरपालिका-६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको...

उखुबारीमा आगलागी  हुँदा तीन लाख बढीको क्षति

उखुबारीमा आगलागी हुँदा तीन लाख बढीको क्षति

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा...

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

कञ्चनपुर । कञ्चनपुरको चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बिचमा...

शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी’

शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाको ‘शिक्षक डायरी’

अमरगढी (डडेल्धुरा) । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भागेस्वर गाँउपालिकामा रहेका...

बाजुरका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

बाजुरका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकाले बुधबारदेखि मालिका नमूना माध्यमिक विद्यालयमा...